भाषा शिक्षणमा आईसीटीको प्रयोगप्रति शिक्षकको अनुभूति

Authors

Keywords:

एआई, डिजिटल पेडागोजी, नेपाली भाषा शिक्षण, फेनोमेनोलोजी, सूचना तथा सञ्चार प्रविधि, शिक्षक अनुभूति

Abstract

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) एक्काइसौँ शताब्दीको शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । प्रस्तुत अध्ययनको उद्देश्य नेपाली भाषा शिक्षणमा आईसीटीको प्रयोगसम्बन्धी शिक्षकहरूले प्राप्त गरेका अवसर, अनुभूति तथा सामना गरेका चुनौतीहरूको विश्लेषण गर्नु रहेको छ ।  यो अध्ययन व्याख्यात्मक (इन्टरप्रेटिभ) प्याराडाइममा आधारित गुणात्मक प्रकृतिको फेनोमेनोलोजी अनुसन्धान हो । यसका लागि त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसअन्तर्गत सानोठिमी क्याम्पसमा कार्यरत तीन जना नेपाली विषय शिक्षकलाई उद्देश्यपूर्ण नमुना छनोट विधिबाट चयन गरिएको थियोे । तथ्याङ्क सङ्कलनका लागि अर्ध–संरचित अन्तर्वार्ता प्रयोग गरिएको थियो । सङ्कलित तथ्याङ्कलाई आगमनात्मक विषयगत विश्लेषण (इन्डक्टिभ थिम्याटिक एनालाइसिस) का माध्यमबाट विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनले नेपाली भाषा शिक्षकहरूमा आईसीटीको प्रयोगप्रति सकारात्मक दृष्टिकोण र उच्च उत्साह रहेको देखाएको छ । शिक्षकहरूले ल्यापटप, मल्टिमिडिया प्रोजेक्टर, पावरपोइन्ट प्रस्तुतीकरण, युटयुब तथा एआईमा आधारित उपकरणहरूको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप अन्तरक्रियात्मक, विद्यार्थी केन्द्रित र प्रभावकारी बनाएको पाइएको छ । डिजिटल माध्यमको प्रयोगले सिकाइलाई कक्षाकोठाको भौतिक सीमाभन्दा बाहिर विस्तार गर्नसमेत सहयोग पुगेको देखिन्छ । अपर्याप्त भौतिक पूर्वाधार, सुस्त इन्टरनेट सेवा, अनियमित विद्युत् आपूर्ति, नेपाली भाषाका गुणस्तरीय डिजिटल सामग्रीको अभाव र औपचारिक प्राविधिक तालिमको कमी प्रमुख चुनौतीका रूपमा पहिचान भएका छन् । अधिकांश शिक्षकहरूले प्रविधिसम्बन्धी ज्ञान र सिप व्यक्तिगत प्रयास तथा स्व–प्रेरित सिकाइबाट आर्जन गरेको पाइएको छ । यस अध्ययनले नेपाली भाषा शिक्षणमा प्रविधिको प्रभावकारी एकीकरणका लागि भौतिक पूर्वाधारको सुदृढीकरण, गुणस्तरीय डिजिटल सामग्रीको विकास र शिक्षकहरूको डिजिटल पेडागोजीसम्बन्धी क्षमता अभिवृद्धि अपरिहार्य रहेको छ ।

Abstract
6
PDF
3

Downloads

Published

2026-06-30

How to Cite

Sodari, S. (2026). भाषा शिक्षणमा आईसीटीको प्रयोगप्रति शिक्षकको अनुभूति. Innovative Research Journal, 5(1), 121-136. https://doi.org/10.3126/irj.v5i1.97122

Issue

Section

Articles

How to Cite

Sodari, S. (2026). भाषा शिक्षणमा आईसीटीको प्रयोगप्रति शिक्षकको अनुभूति. Innovative Research Journal, 5(1), 121-136. https://doi.org/10.3126/irj.v5i1.97122