केही भारतीय नेपाली गद्यकवितामा पदपरार्द्ध वक्रता [Padaparardha Vakrata in Some Indian Nepali Poems]

Authors

  • Khil Prasad Baral Makawanpur Multiple Campus, Hetauda, Nepal

DOI:

https://doi.org/10.3126/irjmmc.v3i2.46318

Keywords:

गद्यकविता, वक्रोक्ति, वक्रोक्तिजीवित, पदपरार्द्ध वक्रता, Prose poetry, Vakrokti, Vakroktijeevita, Padaparardha Vakrata

Abstract

पूर्वीय आचार्य कुन्तकले प्रतिपादन गरेको वक्रोक्ति सिद्धान्त संस्कृत साहित्यशास्त्रको एक समन्वयशील सिद्धान्तका रूपमा प्रतिष्ठित छ । यस सिद्धान्तले पूर्ववर्ती आचार्यहरूका काव्यमान्यलाई समेट्दै साहित्य समालोचनाका क्षेत्रमा विभिन्न नयाँ आयामहरू थपेको छ । यस सिद्धान्तअन्तर्गत कुन्तकले वक्रोक्तिका विभिन्न छ भेद तथा तिनका अनेक उपभेदहरूको चर्चा गरेका छन् । यस लेखमा उनले प्रस्तुत गरेका वक्रोक्तिका छ भेदहरूमध्ये पदपरार्द्ध वक्रताका आधारमा केही भारतीय नेपाली कविहरूहरूका गद्यकविताको अध्ययनविश्लेषण गरिएको छ । यसका लागि सर्वप्रथम वक्रोक्तिसिद्धान्तअन्तर्गत पदपरार्द्ध वक्रताको सङ्क्षिप्त सैद्धान्तिक चर्चा गर्दै विवेच्य कविताहरूमा पदपरार्द्धवक्रताको प्रगोग कसरी भएको छ भन्ने तथ्यको अन्वेषण गर्ने प्रयत्न गरिएको छ । यसका लागि विभिन्न भारतीय नेपाली कविका कविताका अंशलाई उहाहरणका रूपमा प्रस्तुत गरी तिनमा पाइने पदपरार्द्धवक्रताको अध्ययनविश्लेषण गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरी वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएको यो आलेख मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । यस अध्ययनबाट भारतीय नेपाली विभिन्न भारतीय नेपाली कविहरूका कवितामा पूर्वीय काव्यशास्त्रमा वर्णित पदपरार्द्धवक्रताको सफल र सार्थक प्रयोग भएको निष्कर्ष निकालिएको छ । [The Vakrokti theory propounded by the Eastern Acharya Kuntak is reputed to be a coherent theory of Sanskrit literature. This theory has added various new dimensions in the field of literary criticism by incorporating the poetic values of the earlier scholars. Under this theory, Kuntak discusses six different types of Vakrata and its many variants. In this article, the study and analysis of prose poetry of some Indian Nepali poets has been done on the basis of Padaparardha Vakrata out of the six variations of the quotations presented by him. For this, first of all, a brief theoretical discussion of Padaparardha Vakrata under the theory of Vakrata has been made and an attempt has been made to explore the fact of how Padaparardha Vakrata has been applied in the poems under consideration. For this purpose, excerpts from various Indian Nepali poetic poems have been presented as examples, and a study and analysis has been made of the verses found in them. This article is based on the deductive method of analyzing the material according to the descriptive method using materials from both primary and secondary sources. From this study, it has been concluded that Indian Nepali poets have successfully and meaningfully used the Padaparardha Vakrata described in Eastern Poetry in the poems of various Indian Nepali poets.]

Downloads

Download data is not yet available.
Abstract
72
PDF
59

Author Biography

Khil Prasad Baral, Makawanpur Multiple Campus, Hetauda, Nepal

Lecturer of Nepali

Downloads

Published

2022-06-30

How to Cite

Baral, K. P. (2022). केही भारतीय नेपाली गद्यकवितामा पदपरार्द्ध वक्रता [Padaparardha Vakrata in Some Indian Nepali Poems]. International Research Journal of MMC, 3(2), 64–81. https://doi.org/10.3126/irjmmc.v3i2.46318

Issue

Section

Articles