गोरखा नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्यमान पठनबोधशिक्षणको समीक्षा (The Review of Teaching Comprehension Practices in Community Secondary Schools of Gorkha Municipality)
Keywords:
पठनबोध, बोधक्षमता, बोधशिक्षण, शैक्षिक गुणस्तर, सर्वेक्षणविधि, सामुदायिक माध्यमिक विद्यालय, community secondary schools, educational quality, reading comprehension, survey method, teaching comprehensionAbstract
प्रस्तुत अध्ययन गोरखा नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्यमान पठनबोधशिक्षणको समीक्षामा केन्द्रित छ । पठनबोधको शिक्षण विद्यालयदेखि विश्वविद्यालय तहसम्म हुन्छ । विद्यार्थीहरूको पठनबोधक्षमता अभिवृद्धि गरी बोधप्रश्नका उपयुक्त, मौलिक र सटिक उत्तर लेखन कला सुदृढ गर्न प्रभावकारी बोधशिक्षण अपरिहार्य मानिन्छ । पर्याप्त मात्रामा बोधशिक्षण भएमा विद्यार्थीहरूको बोधक्षमताको अभिवृद्धि भएर पाठसँग सम्बन्धित प्रश्नहरूका मौलिक र सटिक उत्तर दिन सक्षम हुन्छन् । विगतका अध्ययनहरूले विद्यार्थीहरूको पठनबोध क्षमतामा विविधता देखाए तापनि सामुदायिक विद्यालयहरूमा गरिने पठनबोधशिक्षणको सूक्ष्म समीक्षा भएको पाइँदैन । यही शोधअन्तराललाई सम्बोधनका लागि पठनबोधशिक्षणका विभिन्न क्षेत्रहरूमा विद्यमान शिक्षणको समीक्षा गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यसका लागि सर्वेक्षण र पुस्तकालीय विधिको मिश्रित प्रयोग गरिएको थियो । समीक्षाका लागि गोरखा नगरपालिकाका १८ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये गुच्छ नमुना छनौट विधिमार्फत ६ वटा विद्यालयहरू छानिएका थिए । तत्पश्चात्, व्यवस्थित नमुना छनौट विधिद्वारा कुल ४८ जना सूचकहरू चयन गरियो । तथ्याङ्क सङ्कलनका लागि पठनबोधशिक्षणको सैद्धान्तिक र प्रायोगिक खण्डका १४ वटा क्षेत्रहरू समेटिएको बन्द संरचित प्रश्नावलीको उपयोग गरिएको थियो । प्राप्त उत्तरहरूको आवृत्ति गणना गरी तालिकीकरण, स्तम्भचित्र र वृत्तचित्रका माध्यमबाट तथ्याङ्कको तुलनात्मक विश्लेषण र अर्थापन गरिएको छ । यस विश्लेषणबाट, बोधशिक्षणका १४ क्षेत्रहरूमध्ये केवल तीनवटा क्षेत्रहरूमा मात्र पर्याप्त शिक्षण हुने गरेको तथ्य फेला परेको छ । यसले पठनबोधशिक्षणका सवल र दुर्वल क्षेत्रहरूलाई स्पष्टरूपमा उजागर गरेको छ । प्राप्त परिणामले गोरखा नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा गरिने बोधशिक्षण आंशिक रूपमा मात्र सबल रहेको देखाएको छ । बोधशिक्षणका अधिकांश क्षेत्रहरूमा पर्याप्त शिक्षण र अभ्यास नहुँदा विद्यार्थीहरूको बोधक्षमताको प्रवर्धनमा अवरोध पुगेको देखिन्छ । यो समीक्षा विद्यालय तहको पठनबोधशिक्षणको अभ्यासमा व्यावहारिक सुधार, विद्यार्थीहरूको बोधात्मक क्षमताको प्राज्ञिक प्रवर्धन र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न उपयोगी सिद्ध हुनेछ । (
This study focuses on a review of practices of teaching reading comprehension in community secondary schools of Gorkha Municipality. Teaching comprehension has been practiced at school to university level. Effective teaching comprehension is considered indispensable for enhancing students' reading comprehension capacities and for strengthening their skills in writing appropriate, original, and precise answers to related questions. When teaching comprehension is sufficiently practiced, students' comprehension capacity enhances fully, enabling them to provide original and accurate responses to text-related questions. Although previous studies have revealed diversity in students' reading comprehension abilities, a micro-level review of teaching reading comprehension in community schools remains absent. The main objective of this study was to address this research gap by reviewing the existing practices of reading comprehension across various domains. A mixed-method approach combining survey and library methods was employed. Out of the 18 community secondary schools in Gorkha Municipality, 6 were selected through cluster sampling. Subsequently, a total of 48 informants were chosen using systematic sampling. A closed, structured questionnaire covering 14 areas including both theoretical and practical aspects of teaching comprehension was used for data collection. The responses obtained were analyzed and interpreted comparatively through frequency counts, tabulation, bar charts, and pie charts. Findings of the study showed that adequate teaching occurs in only three of the 14 areas of teaching comprehension. This clearly highlights the strengths and weaknesses of teaching reading comprehension. It demonstrates that teaching comprehension in community secondary schools of Gorkha Municipality is only partially robust. Insufficient teaching and practice in the majority of teaching comprehension domains appear to hinder the full fostering of students' comprehension capacity. Insights from this study will be beneficial for practical improvements in school-level teaching comprehension, for the academic enhancement of students' comprehension capacities, and for elevating overall educational quality.)
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.