नेपालमण्डलको बज्रयान पूजाक्रियामा धुलेचित्र लेखन

Authors

  • पुष्प रत्न Pushpa Ratna शाक्य Shakya

Keywords:

नेपालमण्डल, बज्रयान, धूलेचित्र, दशकर्म संस्कार, रथारोहण

Abstract

प्राचीन कालदेखि स्वतन्त्र र स्वअस्तित्व कायम राख्न सफल राज्य नेपालको सर्वप्राचीन चांगुको स्तम्भअभिलेखमा “नेपाल राज्य” उल्लेख गरिएको भए पनि कालान्तरमा नेपालमण्डलका रूपमा प्रसिद्ध यस देशको सीमा नेपालमण्डलको बज्रयान बौद्ध परम्परामा मानिआएका चक्रसम्वर अनुसार पूर्वमा दोलालघाट, दक्षिणमा टीकाभैरव, पश्चिममा धादिङ र उत्तरमा त्रिशुली रहेको मानिन्छ । नेपालमण्डलमा यहाँ लिखित इतिहासको सुरुवातदेखि बज्रयान बौद्ध परम्पराका धेरै विहारहरू निर्माण रहेका छन् । यस परम्परामा निश्चित समयसम्म प्रवर्जित भई बोधिसत्वसंवर शिक्षाग्रहण गरी गृहस्थमा बसेर दान, शील र ध्यान÷समाधि अभ्यास गरी अन्तमा बुद्धत्व प्राप्त गर्ने जीवन शैलीका रूपमा यहाँका बौद्ध परम्परा अनुसार शाक्यभिक्षु भएर पुन आचार्य अभिषेक लिएकालाई बज्राचार्य समूह नै यहाँका संघ हुन् । नेपालमण्डलमा बौद्धधर्मगुरु भनेर चिनिने वहाँहरूले समाजलाई बुद्ध बोधिसत्व मार्ग देखाएर यहाँका विहारहरूसँग आबद्ध गराई उपासकउपासिका समूहहरू बनाएर बौद्ध समाज निर्माणगरी बुद्धशासनलाई निरन्तरता दिइआएका छन् ।

नेपालमण्डलको बज्रयान परम्परामा संस्कार क्रियाहरूका पूजा र पुण्यार्जन पूजा, शान्ति–स्वस्तिपूजा, “गृह प्रवेश पूजा”, “गृह शान्ति पूजा” र “जलयज्ञ” आदि पूजाहरूमा अनिवार्य रूपमा धूलेचित्र÷रजचित्र लेखिन्छ ।  सुक्खा प्राकृतिक खस्रो सेतो ढुङ्गालाई मसिनो धूलो बनाएर सुक्खा र उज्यालो ठाउँ, समथर भूमि, हावा नचलेको ठाउँमा लिपपोत गरेर त्यस पूजास्थलमा दुई औंलाबाट सो धूलो झारेर बनाएको चित्र धूलेचित्र वा रजचित्र हो ।  सामान्य र विशेष रजचित्र गरी दुई प्रकारका धूले रजचित्रहरू स्वयम यहाँको बज्रयान परम्पामा पूजा गर्ने क्रियात्मक गुरुले नै लेखिन्छ । धूलेचित्रको अभाव नेपालमण्डलको बज्रयान परम्पामा गर्दै आएका कुनै पनि क्रियात्मक पूजाक्रियाहरू गर्न असम्भव रहेका हुनाले यो बज्रयान पूजाविधिका अभिन्न अङ्ग हुन् ।

Abstract
95
PDF
0

Downloads

Published

2024-05-01

How to Cite

शाक्य Shakya प. र. P. R. (2024). नेपालमण्डलको बज्रयान पूजाक्रियामा धुलेचित्र लेखन. Journal of Buddhist Studies (T.U.), 1(1), 133-143. https://doi.org/10.3126/jbuddhists.v1i1.75101

Issue

Section

Articles

How to Cite

शाक्य Shakya प. र. P. R. (2024). नेपालमण्डलको बज्रयान पूजाक्रियामा धुलेचित्र लेखन. Journal of Buddhist Studies (T.U.), 1(1), 133-143. https://doi.org/10.3126/jbuddhists.v1i1.75101