@article{दाहाल Dahal_2020, title={सहचालकले बोल्ने भाषाका शब्द र वाक्य {Words and phrases in the language spoken by the co-driver}, volume={5}, url={https://www.nepjol.info/index.php/jdr/article/view/51345}, DOI={10.3126/jdr.v5i1.51345}, abstractNote={<p>प्रस्तुत अध्ययन सहचालकको भाषाको शब्द र वाक्यमा केन्द्रित रहेको छ । भाषाका विषयगत आधारमा विशिष्ट लक्षणहरू सिर्जना हुन्छन् । सार्वजनीक बसका सहचालकले प्रयोग गर्ने भाषाका पनि आफ्नै प्रकृतिका लक्षणहरू रहेका हुन्छन् । उनीहरूले प्रयोग गर्ने भाषाका शब्दअन्तर्गत शब्दको आयाम, स्रोत, बनोटका साथै उनीहरूका वाक्य अन्तर्गत वाक्यको आयाम, वाक्यको प्रकृति, कोड मिश्रण र विचलनको आधारमा विश्लेषण गरिएको छ । शब्दका आयामका दृष्टिले सहचालकले छोटा शब्दको प्रयोग गरेको पाइयो । स्रोतगत दृष्टिले सहचालकले बढी आगन्तुक शब्दको प्रयोग गरेको पाइयो । बनोटगत आधारमा सहचालकले बढी मूल शब्द प्रयोग गरेको पाइयो । सहचालकले छोटो र सरल वाक्य बढी प्रयोग गर्ने गरेको पाइयो । सहचालकले वाक्यमा भाषिका, ध्वनिप्रक्रियात्मक, व्याकरणिक, अर्थता तात्विक विचलन प्रयोग गरेको देखियो ।</p>}, number={1}, journal={Journal of Development Review}, author={दाहाल Dahal दुर्गाप्रसाद Durgaprasad}, year={2020}, month={Dec.}, pages={127–132} }