TY - JOUR AU - महर्जन Maharjan, कान्छी Kanchhi PY - 2020/12/31 Y2 - 2024/03/29 TI - नाट्यरचना र त्यसको प्रस्तुति {Dramatic composition and its presentation} JF - Journal of Development Review JA - J. Devpt Rev. VL - 5 IS - 1 SE - Articles DO - 10.3126/jdr.v5i1.51338 UR - https://www.nepjol.info/index.php/jdr/article/view/51338 SP - 107-114 AB - <p>नाटक प्रदर्शनकारी कला हो । प्रदर्शन तथा प्रस्तुतितिर उन्मूख हुनु यसको विधागत मूल विशेषता हो । यसै कारणले गर्दा यो साहित्यको अन्य विधाभन्दा फरक छ । नाटककारले त्यसको प्रस्तुति पक्षको शिल्पीय उपकरणलाई पनि ध्यान दिएर नाट्यरचना गर्नुपर्दछ । नाट्यरचना हुनुलाई त्यसको प्रस्तुति तर्फको यात्रा आरम्भ मानिन्छ । त्यस यात्रालाई तय गर्न त्यहाँ अनेक सिद्धहस्तको सिर्जनाशील कल्पनाशीलता, समन्वय, धैर्य, तपस्या, लगनशीलता, परिश्रम, सहयोग, व्यवस्थापन आदिको आवश्यकता पर्दछ । प्रस्तुतिको केन्द्रीय सूत्र मानिने निर्देशकको जिम्मेवारी व्यवस्थापन आदिले गर्दा नाट्यरचनाले नाट्य छनोटदेखि रिहर्सल हुँदै अन्तिम प्रदर्शनका लागि दर्शकमाझ मञ्चमा प्रस्तुत हुन्छ । यस लेखमा नाट्यरचना प्रस्तुतिको क्रममा के कसरी परिमार्जित र संशोधित अवस्थामा दर्शकसामु आउंछ भन्ने कुराको अध्ययन गरिएको छ । कृतिलाई परिवर्तित, संशोधित र नाटकीय रूपान्तरण गरेर आजकाल विभिन्न विधाजस्तै कविता, कथा, उपन्यास आदिलाई मञ्चन गर्ने गरिएको पाइन्छ तर यस लेखमा केवल नाट्यरचनाको प्रस्तुतीकरण र त्यसमा देखिने परिवर्तनको अवस्थालाई अध्ययनको क्षेत्र निर्धारण गरिएको छ । नाटकको रचना शब्दका माध्यमबाट साहित्यिक रूप प्रदान गर्ने अवस्था हो भने मञ्चमा प्रस्तुत गर्नु &nbsp;त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु &nbsp;हो । यस क्रममा नाटकको गौण कथानको काँटछाँट गौण पात्रको अप्रस्तुति, रङ्गसामग्रीको प्रयोग आदिको अवस्थामा निर्देशकले आवश्यवताअनुसार मूल नाटकीय कथ्य नमर्नेगरी परिमार्जन गरेर प्रस्तुत गर्न सक्तछन् भन्ने नै यस लेखको मूल निचोड हो ।</p> ER -