आहुतिका कवितामा दलित विरूद्धको प्रतिरोधात्मक चेतना

Authors

  • हरिजङ्ग Harijung शाह Shaha मध्यपश्चिम विश्वविद्यालय

Keywords:

प्रतिरोधात्मक, चेतना, प्रतिनिधित्व, प्राज्ञिक, प्रगतिवाद

Abstract

प्रस्तुत लेख आहुतिका कवितामा दलित विरूद्धको प्रतिरोधात्मक चेतनाको पहिचान गर्नु  उद्देश्यसँग सम्बन्धित रहेको छ  छ । यस लेखमा प्राप्त तथ्याङ्कलाई वर्णनात्मक तथा विश्लेषणात्मक रूपमा व्याख्या विश्लेषण गरिएकाले गुणात्मक ढाँचाअन्तर्गत पाठ विश्लेषणमा आधारित रहेको छ । अध्ययन कार्यसँग सम्बन्धित रहेका वा नेपाली साहित्यमा लेखिएका दलित चेतनाको निरूपण गर्ने  एवम् प्राज्ञिक समस्याको समाधानका लागि आवश्यक पर्ने  सम्पूर्ण सामग्रीहरू पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको छ । गुणात्मक अनुसन्धान भएकाले विशेष गरी व्याख्या विश्लेषणका लागि आवश्यकताअनुसार विश्लेषणात्मक र तार्किक विधि तथा प्रक्रियाको उपयोग गरिएको छ । यसरी समसामयिक प्रगतिवादी कविता धारामा उदाएका कवि आहुतिले सङ्ख्यात्मक रूपमा त्यति धेरै कविता नलेखेका भए तापनि गुणात्मकताको कसीमा यिनका कविता निकै प्रखर र सशक्त छन् । मूलतः प्रगतिवादी काव्यलेखनको मूलमान्यतालाई अक्षरशः पालना गरी काव्यसाधना गर्ने  आहुतिले जातीय उत्पीडनको तीब्र विरोध मात्र गरेका छैनन्, दलितको समस्यालाई निकै प्राज्ञिक ढङ्गले विश्लेषण गर्दै  समाधानका उपायसमेत प्रस्तुत गरेका छन् । आहुतिले कवितामा सामाजिक विकृति र विसङ्गतिप्रति विद्रोह, दलित तथा उत्पीडितप्रति पू ँजीपतिवर्गद्वारा गरिएको दमन, शोषण, जातीय विभेदको उजागर गर्दै  नेपाली साहित्यमा दलित विभेद विरूद्धको प्रतिरोधात्मक चेतनालाई नेपाली समाजमा युगौ युगदेखि उत्पीडनको जीनव वाध्य भएका कामी, दमाई, च्यामे, गाइने, बादी, मुसहर र सार्की जातिका प्रतिनिधि पात्रमार्फत् निकै सशक्त रूपमा प्रस्तुत गरेका छन् । मसामयिक नेपाली कवितामा कला पक्षभन्दा पनि विचार पक्षलाई विशेष जोड दिएर यस प्रकारको दलित विभेद विरुद्धको प्रतिरोधात्मक क्षमतालाई सशक्त रूपमा प्रस्तुत गर्नु  आहुतिको विशिष्ट काव्यगत पहिचान तथा विशेषता हो ।

Abstract
126
PDF
19

Author Biography

हरिजङ्ग Harijung शाह Shaha, मध्यपश्चिम विश्वविद्यालय


उपप्राध्यापक

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

शाह Shaha ह. H. (2024). आहुतिका कवितामा दलित विरूद्धको प्रतिरोधात्मक चेतना. Journal of Educational Research and Innovation, 4(1), 121-132. https://doi.org/10.3126/jeri.v4i1.75803