सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नेपाली भाषा शिक्षकहरूको अनुभव

Authors

Keywords:

उपयोगिता, चुनौती, प्राविधिक उपकरण, सिकाई उपलब्धि

Abstract

प्रस्तुत अध्ययन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा नेपाली भाषा शिक्षकका अनुभव र उनीहरूले भोगेका चुनौतीहरूसँग सम्बन्धित रहेको छ। त्यसैले नेपाली भाषा शिक्षण गर्दा शिक्षकहरूले सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धमा गरेका अनुभव र उनीहरूले सामना गर्नुपरेका चुनौतीहरुलाई पहिचान गरी विश्लेषण गर्ने यस अध्ययनको उद्देश्य रहेको छ। गुणात्मक अनुसन्धानको घटना विज्ञान ढाँचा रहेको यस अनुसन्धानमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका सामुदायिक विद्यालयका तीन जना नेपाली भाषा शिक्षकहरुलाई उद्देश्यमुलक नमुना छनोट विधिबाट चयन गरी अन्तर्वार्ताका माध्यमबाट सामग्री संकलन गरिएको छ । अध्ययन क्षेत्रमा नेपाली भाषा शिक्षणमा ल्यापटप, मल्टिमिडिया प्रोजेक्टर, सामाजिक सञ्जाल, स्मार्टबोर्ड, युट्युब, विभिन्न वेबसाइटहरु तथा मोबाइल अनुप्रयोगहरु प्रयोगमा आइरहेका छन् ।भाषा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिका साधनहरूको प्रयोग उपयोगी साबित भएको छ। सूचना तथा सञ्चार प्रविधिले विद्यार्थीको सिकाइमा सक्रियता र सहभागिता बढाउने, व्यक्तिगत सिकाइमा जोड दिने, सिकाइलाई विद्यार्थी केन्द्रित बनाई सिकाइ उपलब्धि सुधार गर्ने र शिक्षकको बोझलाई कम गर्ने भएकोले शिक्षण सिकाइमा उपयोग गर्नुपर्ने यस अध्ययनबाट निष्कर्ष प्राप्त भएको छ। साथै भाषिक कार्यकलापका विविध रूपहरूमा यसको प्रयोगले महत्व राखेको छ। सूचना तथा सञ्चार प्रविधिसम्बद्ध स्रोत साधन,नेपाली  विषयसम्बद्ध सामग्री, नीतिहरूको कार्यान्वयन, पूर्वाधार, सूचना तथा सञ्चार प्रविधिप्रतिको अविश्वास, तालिम,प्राविधिक सीप तथा समयको अभावलाई नेपाली भाषा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको उपयोगका चुनौतीका रुपमा लिइएको  छ। शिक्षकहरूले सूचना तथा सञ्चार प्रविधिको प्रयोगले भाषिक सीप विकास गर्ने विषयमा सकारात्मक धारणा राखेका छन् । यसका साथै शिक्षकहरुलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोगका लागि प्राविधिक सिप विकास, स्वप्रयत्न र प्रशिक्षणको आवश्यकता औँल्याइएको छ। 

Abstract
269
PDF
44

Downloads

Published

2025-12-31

Issue

Section

Articles

How to Cite

Lamsal, T. P., & B.C., B. (2025). सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नेपाली भाषा शिक्षकहरूको अनुभव. Journal of Educational Research and Innovation, 5(1), 74-90. https://doi.org/10.3126/jeri.v5i1.88620