कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट कथा विधाको भाषिक विश्लेषण

Authors

  • Hari Jung Shah Mid-West University, Nepal
  • Muna Shahi Mid-West University

Keywords:

तत्सम, तद्भव, आगन्तुक, भाषिक विश्लेषण, शब्द संरचना

Abstract

प्रस्तुत अध्ययन कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट कथाको भाषिक विश्लेषणमा केन्द्रित छ। शाब्दिक तथ्याङ्कमा आधारित रही तार्किक विश्लेषण गरिएकाले यस अध्ययनको ढाँचा गुणात्मक रहेको छ। यस अध्ययनमा पाठ्यपुस्तकमा समावेश गरिएका विभिन्न विधाहरूमध्ये चारवटा कथा विधालाई उद्देश्यमूलक  विधिको प्रयोग गरी नमुना छनोट गरिएको छ। यस अध्ययनमा पुस्तकालयीय कार्य अन्तर्गत कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा रहेका चार कथामा प्रयुक्त शब्दस्रोत र शब्द संरचनालाई भाषिक विश्लेषण गरिएको छ। कथा विधाको भाषिक विश्लेषण गर्दा वर्णनात्मक विधि र तालिकीकरणको उपयोग गरिएको छ । भाषा पाठ्यपुस्तकमा तत्सम र आगन्तुक शब्दभन्दा तद्भव शब्दहरू सरल हुने हुनाले आधारभूत तहका लागि तद्भव शब्दहरूको बढी प्रयोग गर्न उपयुक्त मानिन्छ। तसर्थ कक्षा ६ को नेपाली पाठ्यपुस्तकका कथामा पनि तद्भव शब्दको बढी प्रयोग गरिएकोले उक्त कथा शब्दस्रोतका दृष्टिले उपयुक्त रहेको छ। त्यस्तै चारवटा कथा विधामा प्रयोग गरिएका अक्षरहरूको संरचनागत स्थितिको अवस्था अध्ययन गर्दा सबैभन्दा बढी छ अक्षरीको प्रयोग देखिन्छ भने सबैभन्दा कम एक अक्षरीका शब्द राखिएको छ। भाषिक विश्लेषणको सैद्धान्तिक अवधारणा र प्रकाशन शैलीअनुसार कक्षा ६ को पाठ्यपुस्तकमा रहेका कथाहरू शब्दस्रोत र शब्द संरचनाका दृष्टिले उपयुक्त रहेको निष्कर्ष निकालिएको छ।

Abstract
161
PDF
43

Downloads

Published

2025-12-31

Issue

Section

Articles

How to Cite

Shah, H. J., & Shahi, M. (2025). कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट कथा विधाको भाषिक विश्लेषण. Journal of Educational Research and Innovation, 5(1), 91-108. https://doi.org/10.3126/jeri.v5i1.88622