दुल्लु, खस राज्य, खस साम्राज्य, सिथारुमुक्तकमलरी बालिकाहरुको विद्यालय शिक्षामा पहुँच
Keywords:
क्रियाकलाप, नियमित शिक्षा, औपचारिक शिक्षाAbstract
विद्यालय शिक्षा प्रदान गर्ने एउटा औपचारिक तथा संगठित संस्था हो । विद्यालयको संख्यामा बृद्धि भएपनि उत्पिडित, उपेक्षित सम्पूर्ण वर्गको विद्यालय शिक्षामा पहँुच हुन नसकेको अवस्थामा सामाजिक, आर्थिक, शैक्षिक दृष्टिकोणबाट पिछडिएका वर्गको पहिचान गरि विशेष कार्यक्रम मार्फत राष्ट्रिय विकासको मूलधारमा समाहित गर्नुपर्ने हुन्छ । प्रस्तुत अध्ययन कमलरी बालिकाको शैक्षिक अवस्थामा केन्द्रित भएकोले कमलरी बालिकाहरुको शैक्षिक अवस्था पत्ता लगाउने, समस्या पहिचान गर्ने र निराकरणका उपायहरु सुझाउने यसको मुख्य उद्देश्य रहेको छ । कमलरी बालिका आफ्नो कक्षामा नियमित उपस्थित नहुनु, परीक्षामा राम्रो अंक नल्याउनु, बढी बालिका विचैमा कक्षा छाड्नु नै तिनीहरुको शैक्षिक पहुँचमा न्यूनताको प्रमुख कारण देखिन्छ । यस बाहेक गरिबी, निरक्षर अभिभावक, विद्यालय समयपछि घरायसी कामकाज गर्नुपर्ने, नकारात्मक शैक्षिक दृष्टिकोण, रुढीवादी सामाजिक र साँस्कृतिक परिवेश, राज्य पक्षले गरेका बेवास्ता कमलरी बालिकाका प्रमुख शैक्षिक समस्याहरु हुन् ।
कमलरी बालिकाको शैक्षिक सुधार गर्न विद्यालय प्रशासनले स्वयम् कमलरी बालिकाबाटै आचार संहिता निर्माण गर्न लगाई कक्षामा नियमित उपस्थिति हुनुपर्ने, विद्यालय समयपछि घरमा बस्दा आफ्नो गृहकार्य पुरा गर्नुपर्ने क्रियाकलापमा जोड दिनुपर्दछ । अभिभावकको आर्थिक सुधार गर्न विभिन्न संघसंस्था र सरकारले संयुक्त रुपमा आर्थिक सुधार कार्यक्रम ल्याउनु पर्दछ ।