बडा डन कथाको सङ्कथन विश्लेषण
Keywords:
सङ्कथन, अभिव्यक्ति, मौखिक, पुनरावृत्तिAbstract
प्रस्तुत अध्ययन बडा डन कथाको सङ्कथन विश्लेषण शीर्षकमा सङ्कथन विश्लेषणका आधारमा ‘बडा डन’ कथाको विश्लेषण गर्नु उद्देश्य राखिएका छन् । ‘बडा डन’ कथाको सङ्कथन विश्लेषणमा केन्द्रित यस शोध अध्ययनमा विशेषगरी पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । पुस्तकालयीय विधिबाट प्राप्त शोध सामग्रीलाई सङ्कथन विश्लेषण सिद्धान्तको आधारमा व्याख्या तथा विश्लेषण गरिएको छ । प्राथमिक स्रोतका रूपमा महेश विक्रम शाहद्वारा लेखिएको ‘बडा डन’ कथालाई लिइएको छ भने द्वितीयक स्रोतका रूपमा सङ्कथन विश्लेषण सम्बन्धी लेखिएका पुस्तक, लेख, रचना, अनुसन्धानमूलक कृतिहरु, विज्ञका राय, सुझावलाई लिइएको छ ।
‘बडा डन’ कथामा सार्वनामिक सम्बद्धकअन्तर्गत म, हाम्रो ऊ उसले, त्यो, आफू, म, मलाई, त्यो, त्यहाँ, त्यहीँ, र, कि, जहाँ, के, को, कति, कसरी, कुनै, सायद, पाँचतारे, स्टिम बाथ, एक–दुई, त्यो, त्यहीँ, झन्डावाल जस्ता शब्दहरू प्रयोग भएको छ । स्थानिक सम्बद्धक अन्तर्गत होटल, स्टिम सौना, पाखुरा, दायाँ, बायाँ, ड्राइ साउना कक्ष, बेड, नाइटोमुनि, सावर रुम, विदेश, ज्यकुजी, रोयल बार, घर, तकिया जस्ता सम्बद्धको प्रयोग भएको छ । संयोजन सम्बद्धक अन्तर्गत र, तर, पनि, भने तापनि, कि, यद्यपि, कुन्नि जस्ता सम्बद्धक प्रयोग भएको छ । प्रतिस्थापन सम्बद्धक अन्तर्गत जहाँ, उही, बरु जस्ता सम्बद्धक प्रयोग भएको छ भने निपात सम्बद्धक अन्तर्गत त, नि, पनि, न जस्ता सम्बद्धकहरूको प्रयोग भएको छ ।