नेपालको प्रजातान्त्रिक आन्दोलनः एक विश्लेषण

Authors

  • अर्जुन बहादुर Arjun Bahadur भण्डारी Bhandari Department of History, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/jis.v11i1.59023

Keywords:

संविधान, सशस्त्र संघर्ष, लोकतन्त्र, प्रजातन्त्र, प्रजातान्त्रिक आन्दोलन

Abstract

संसारका प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यमा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास त्यति लामो पाइँदैन । वास्तवमा नेपालको प्रजातान्त्रिक आन्दोलनको शुरुवात एउटा परिवारको मनपरितन्त्र र जनतापक्षले चाहेको निर्णायक भूमिका बिचको संघर्षबाट भएको पाइन्छ । कालान्तरमा मूल्य, मान्यता, आदर्श एवम् सैद्धान्तिक दृष्टिकोण समेत समाहित भई यसले विशिष्टता प्राप्त गर्यो । तसर्थ नेपालको प्रजातान्त्रिक आन्दोलनको विजारोपण राणा शासनको उत्तराद्र्धमा राणा विरोधी आन्दोलनको रुपमा शुरुवात भई यसले विभिन्न कालखण्डमा विभिन्न स्वरुप परिवर्तन गर्दै अन्ततः लोकतान्त्रिक गणतन्त्र प्राप्तिको उद्देश्यमा गई टुङ्गिएको छ । पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा सामान्य जनताको सहयोगको महत्वलाई राम्ररी बुझेका थिए । तसर्थ पृथ्वीनारायण शाहको अभियान सामान्य जनताको सहयोग, सहभागिता र समर्थनमा आधारित थियो । जसले स्थायित्वको प्रत्याभूति गरायो । तर उनी पछिका शासकहरुले जनचाहना, लोकसम्मति र जनताको उपेक्षा गर्दा नेपालको राजनीति प्रतिशोध, बदलाको भावना, षडयन्त्र, भ्रष्टाचार र अव्यवस्थाको केन्द्र बन्न पुग्यो । लोकसम्मति र जनचाहना अनुसार संचालन हुने शासनव्यवस्था एकतन्त्रिय, गुटगत, स्वार्थबाट प्रेरित हुन थाल्यो फलस्वरुप जनताले आफ्नो हक स्थापनार्थ कालक्रम अनुसार हतियार बन्द तथा हतियार विहिन आन्दोलनको थालनी गर्नुपर्यो । चन्द्र शमशेरको शासनकालबाट शुरु भएको प्रजातान्त्रिक आन्दोलन वि.सं. २०६२।६३को लोकतान्त्रिक– गणतन्त्र स्थापनाको अवस्थामा आई स्थिर बनेको छ । जसलाई राजनैतिक विश्लेषकहरु प्रजातान्त्रिक आन्दोलनको समापन विन्दुको रुपमा परिभाषित गर्ने गर्दछन् । वास्तवमा आन्दोलन स्थायी प्रकृतिको नभई गतिशिल स्वरुपको हुने र समाजका कतिपय अनुत्तरित सवालको हल प्राप्त नभइ सकेकोले आन्दोलनको सम्भाव्यता अन्त्यको विश्लेषण भने गर्न सकिँदैन ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
431

Author Biography

अर्जुन बहादुर Arjun Bahadur भण्डारी Bhandari, Department of History, Prithivi Narayan Campus, Pokhara

Associate Professor

Downloads

Published

2022-12-31

How to Cite

भण्डारी Bhandari अ. ब. A. B. (2022). नेपालको प्रजातान्त्रिक आन्दोलनः एक विश्लेषण. Journal of Interdisciplinary Studies, 11(1), 74–80. https://doi.org/10.3126/jis.v11i1.59023

Issue

Section

Articles