नेपाली साहित्य, समसामयिक सन्दर्भ र अभिलक्षण

Authors

  • जमुना अर्याल शिक्षा शास्त्र सङ्काय, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/jis.v12i1.65456

Keywords:

समसामयिक, अभिलक्षण, चेतनप्रवाह शैली, प्रगतिशील चेतना, मानवीय अस्तित्व, समतामूलक समाज, स्वतन्त्रता

Abstract

मानवीय अनुभव र संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गर्ने काम साहित्यमा हुन्छ । साहित्यले लेखक पाठक, स्रोता सबैलाई हित गर्दछ । नेपाली साहित्य अन्तर्गत लघुकथा, कथा, उपन्यास, गजल, मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य, नाटक, एकाङ्की, संवाद, वादविवाद, जीवनी, निबन्ध आदि विधा, उपविधा पर्दछन् । प्रस्तुत लेखमा नेपाली साहित्य समसामयिक सन्दर्भ र अभिलक्षणलाई प्रस्तुत गरिएको छ । नेपाली साहित्यका प्रमुख विधा नाटक, कविता, आख्यान र निबन्धका समसामयिक सन्दर्भ र अभिलक्षण के कस्ता रहेका छन् ? प्रस्तुत गर्ने सन्दर्भमा यो लेख तयार पारिएको छ । नाटक विधामा प्रयोगवादी प्रवृत्ति, विज्ञान नाटक, सडक नाटक (समूहगत) अभिलक्षणलाई जोड दिइएको छ । कविता विधामा सरलता, सम्प्रेष्य विषयवस्तु, स्वतन्त्रता, प्रजातान्त्रिक मूल्यमान्यतालाई जोड दिइएको छ । आख्यान अन्तर्गत पर्ने कथा र उपन्यास विधामा समतामूलक समाजको निर्माण, क्रान्तिकारी प्रगतिवादी चेतना, शोषित वर्ग सङ्गठित भइ अन्यायका विरुद्ध लाग्नुपर्ने पक्षलाई प्रस्तुत गरिएको छ भने निबन्ध विधाका समसामयिक प्रवृत्ति यात्रा वर्णन, हास्यव्यङ्ग्य दार्शनिकता, बौद्धिकता आदि रहेका छन् । यो लेखबाट स्नातक, स्नातकोत्तर तहका विद्यार्थी, प्राध्यापक, लेखक र जिज्ञासु पाठकलाई सहयोग पुग्दछ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
5

Downloads

Published

2023-12-31

How to Cite

अर्याल ज. (2023). नेपाली साहित्य, समसामयिक सन्दर्भ र अभिलक्षण. Journal of Interdisciplinary Studies, 12(1), 183–192. https://doi.org/10.3126/jis.v12i1.65456

Issue

Section

Articles