तीनधारा पाकशाला : जयतु संस्कृतम् आन्दोलन र योद्धाहरू {Tindhara Pakshala: The ‘Jaya Tu Sanskritam’ Movement and Its Warriors}
DOI:
https://doi.org/10.3126/jj.v3i1.83328Keywords:
चारभञ्ज्याङ Charbhanjyang, जयतु संस्कृतम् Jaya Tu Sanskritam, धर्मभिरु Dharmabhiru, पाकशाला Pakshala, पिकेटिङ Picketing, हुलचाल DemonstrationAbstract
यस अध्ययनमा तीनधारा पाकशालामा बसेर ‘जयतु संस्कृतम्’ नामक आन्दोलनमार्फत नेपालको शैक्षिक परिवर्तनमा भूमिका खेल्ने योद्धाहरूलाई चिनाइएको छ । यहाँ तीनधारा पाकशालाको पृष्ठभूमि तथा जयतु संस्कृतम् आन्दोलन हुनुको कारणसहित उक्त आन्दोलनमा सहभागी योद्धाहरूको भूमिका र नामावलीलाई केलाइएको छ । यसर्थ यो अध्ययन ऐतिहासिक र शैक्षिक जगसँग जोडिएको राजनीतिक परिवर्तनको विषयमा केन्द्रित रहेको छ । प्रस्तुत अध्ययनमा गुणात्मक तथ्याङ्क विश्लेषण विधिका माध्यमबाट प्राप्त तथ्यलाई प्रमाणित गरिएको छ । यस अध्ययनमा प्राथमिक स्रोत सामग्रीका रूपमा दुई सहभागी योद्धाको पाण्डुलिपि तथा अन्य द्वितीयक स्रोत सामग्रीसहित जयतु संस्कृतम् आन्दोलनको वस्तुस्थितिलाई केलाइएको छ । प्राप्त सामग्रीको विश्लेषणबाट यस विद्यार्थी आन्दोलनले जनमानसमा राजनीतिक जागरण ल्याउन सहयोग गरेको पाइयो । यसका साथै नेपाल सरकार वैधानिक कानुन, २००४ निर्माणमा यस आन्दोलनमा सहभागी योद्धाहरूले आवश्यक सल्लाहसुझाव र तत्कालीन परिवेशअनुकूल दबाब दिएको पाइएको छ । समीक्षात्मक टिप्पणी गर्दा यस अध्ययनबाट शैक्षिक, सामाजिक तथा संवैधानिक विकासमा मद्दत पुर्याएको देखियो । विद्यार्थीहरूद्वारा तत्कालीन कठोर शासक विरुद्ध एकताबद्ध भई निरन्तर आन्दोलन गर्ने र न्याय माग्ने सन्दर्भमा यो आन्दोलन रचनात्मक प्रकृतिको नेपालको पहिलो विद्यार्थी आन्दोलन रहेको पाइयो । यसका साथै जयतु संस्कृतम्का योद्धाहरूको भूमिकाका कारण मुलुकमा चेतनाको नवीन जागरण विकास भई वि.सं.२००७ सालमा प्रजातन्त्र स्थापनामा सहयोग पुर्याएको निष्कर्षलाई केलाइएको छ ।
{This study introduces the warriors who played a vital role in Nepal’s educational transformation through the ‘Jaya Tu Sanskritam’ movement initiated from Tindhara Pakshala. It explores the background of the Tindhara Pakshala, the causes behind the inception of the Jaya Tu Sanskritam movement, and highlights the roles and identities of those who actively participated in it. Thus, this research focuses on the theme of political transformation Connected with historical and educational foundations. The study employs a qualitative data analysis method to validate the findings. Primary sources include manuscripts from two participants of the movement, while secondary sources supplement the analysis of the movement’s actual circumstances. The analysis reveals that this student-led movement significantly contributed to raising political awareness among the general public. Moreover, it was found that the warriors involved in the movement provided critical suggestions and exerted contextual pressure that influenced the formulation of the Legal Code of 2004 B.S. by the Government of Nepal. Upon critical review, the study demonstrates that the movement played a constructive role in Nepal’s educational, social, and constitutional development. It is identified as Nepal’s first creative student movement, in which students united to resist the then authoritarian regime and demanded justice persistently and systematically. Additionally, the efforts and dedication of the Jaya Tu Sanskritam warriors sparked a wave of awakening across the country, ultimately contributing to the establishment of democracy in Nepal in 2007 B.S.}