उर्वशी खण्डकाव्यको विष्लेषण

Authors

Keywords:

खण्डकाव्य, स्वच्छन्दतावाद, प्रगतिवाद, द्वन्द्व, अर्जुन, सिद्धिचरण श्रेष्ठ, भाषाशैली, पौराणिकता, उद्देश्य

Abstract

यस अध्ययनको मुख्य उद्देश्य नेपाली साहित्यको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका विशिष्ट खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी खण्डकाव्यको कथावस्तु, चरित्र, उद्देश्य, परिवेश, भाषाशैली तथा विचारात्मक द्धन्द्वको विश्लेषण गर्नु हो । यस अध्ययनले श्रेष्ठका खण्डकाव्यगत विशेषताहरू पहिचान गर्दै उर्वशी खण्डकाव्यलाई पौराणिक कथा र समकालीन चेतनाको समिश्रणका रूपमा हेर्न खोजेको छ । यसका लागि अध्ययनमा गुणात्मक एवं वर्णनात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । आवश्यक सूचनाहरू पुस्तकालयीय स्रोतबाट संकलन गरी वस्तुगत विश्लेषण विधिबाट तथ्यहरू व्याख्या गरिएको छ । अध्ययनबाट प्राप्त प्रमुख निष्कर्ष अनुसार सिद्धिचरण श्रेष्ठका खण्डकाव्यहरूमा विषयगत, भावगत, पात्रगत र भाषाशैलीगत विविधता पाइन्छ । उर्वशी खण्डकाव्यमा अर्जुन र उर्वशीबीचको भोग र त्याग, राग र विरागको द्वन्द्वलाई शक्तिशाली विषयका रूपमा प्रस्तुत गरिएको छ । पौराणिक कथामा आधारित भए तापनि यसमा समकालीन सामाजिक मूल्य र मानवतावादी दृष्टिकोण अभिव्यक्त गरिएको छ । अर्जुनको संयमी साधक चरित्र र उर्वशीको कामवासनापूर्ण मनोदशाको टकरावले नै खण्डकाव्यलाई द्वन्द्वप्रधान बनाएको छ । यस खण्डकाव्यमा जीवनलाई भोगभन्दा साधना र त्यागमार्फत अगाडि बढ्नुपर्ने सन्देश दिइएको पाइन्छ । भाषिक दृष्टिले खण्डकाव्यमा सरल, संगीतात्मक र छन्दबद्ध भाषा प्रयोग गरिएको छ, जसले पाठकलाई गहिरो अनुभूति गराउँछ ।

Abstract
167
PDF
31

Author Biography

Mukunda Prasad Sharma , Mid-West University Musikot Khalanga Multiple Campus, Rukum West

Assistant Professor 

Downloads

Published

2025-07-10

Issue

Section

Articles

How to Cite

Sharma , M. P. (2025). उर्वशी खण्डकाव्यको विष्लेषण. Journal of Musikot Campus, 3(1), 219-226. https://doi.org/10.3126/jmc.v3i1.81226