देउखुरी क्षेत्रका विद्यालयहरूमा कक्षा शिक्षण सुधारमा शिक्षण अभ्यासको भूमिका

Authors

Keywords:

शिक्षण अभ्यास, कक्षा शिक्षण सुधार, पाठ योजना

Abstract

यो अनुसन्धान लेखले देउखुरी क्षेत्रका विद्यालयहरूमा कक्षा शिक्षण सुधारमा शिक्षण अभ्यासले खेलेको भूमिकाको अध्ययन गर्दछ । शिक्षण अभ्यास शिक्षक शिक्षार्थीहरूको शैक्षिक सीप अभिवृद्धि गर्ने एउटा व्यवहारिक प्रक्रिया हो, जसको उद्देश्य कक्षा शिक्षण प्रणालीलाई प्रभावकारी बनाउनु हो । शिक्षार्थीहरूले कक्षा सञ्चालन, पाठ योजना निर्माण, प्रस्तुति, संवादकला र मूल्याङ्कनजस्ता शैक्षिक पक्षमा सुधार गर्न सकुन् भन्ने लक्ष्यसहित शिक्षण अभ्यास लागू गरिएको पाइन्छ । यस लेखमा विविध सैद्धान्तिक आधार, पूर्व अध्ययनको समीक्षाका साथै देउखुरीका विद्यालयहरूमा गरिएको प्रत्यक्ष अनुभव र अवलोकनका आधारमा शिक्षण अभ्यासको प्रभावको विश्‍लेषण गरिएको छ । अध्ययनबाट थाहा हुन्छ कि शिक्षण अभ्यासले शिक्षक शिक्षार्थीहरूमा आत्मविश्वास अभिवृद्धि, शिक्षण सामग्रीको उपयोग, कक्षाको वातावरण अनुकूल बनाउन सक्ने क्षमता विकास, तथा विद्यार्थी अभिमुखी शिक्षणमा अभ्यस्त गराउने कार्यमा उल्लेखनीय भूमिका खेलेको छ,तर अध्ययनले केही चुनौतीहरू पनि औंल्याएको छ, जस्तै पर्यवेक्षकको असमयिक तथा सतही अवलोकन, विद्यालय प्रशासनको पूर्ण सहयोग नहुनु, सीमित स्रोतसाधन र शिक्षार्थीहरूको अपर्याप्त पूर्वतयारी भएको पाइयो । शिक्षण अभ्यास कक्षा शिक्षण सुधारको एक महत्त्वपूर्ण साधन हो, जसको प्रभावकारिता अझ बढाउन शिक्षक, विद्यालय र क्याम्पस बीच सहकार्य र समन्वय आवश्यक छ ।

Abstract
152
PDF
20

Author Biographies

Shiva Oli, Deukhuri Multiple Campus, Lamahi Dang

Lecturer 

Hark Bahadur Shahi, Tribhuvan University

Associated Professor(PhD)

Downloads

Published

2025-07-10

Issue

Section

Articles

How to Cite

Oli, S., & Shahi, H. B. (2025). देउखुरी क्षेत्रका विद्यालयहरूमा कक्षा शिक्षण सुधारमा शिक्षण अभ्यासको भूमिका. Journal of Musikot Campus, 3(1), 241-247. https://doi.org/10.3126/jmc.v3i1.81228