जुरेली गान कवितामा शब्दालङ्कार

Authors

  • Anil Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
  • Rekha Regmi नेपाली विभाग, म्याग्दी बहुमुखी क्याम्पस, बेनी

Keywords:

पुनरुक्तवदाभास, श्लेष, यमक, अलङ्कार

Abstract

प्रस्तुत लेख जुरेली गान कवितामा शब्दालङ्कारको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार गरिने यस लेखको शोधक्षेत्र जुरेली गान कविता हो । संस्कृत काव्यचिन्तनमा अलङ्कार सिद्धान्तअन्तर्गत शब्दालङ्कार यस लेखको सैद्धान्तिक आधार हो । संस्कृत काव्यचिन्तनमा शब्दालङ्कारका अनुप्रास, यमक, श्लेष, पुनरुक्तवदाभास र वक्रोक्ति भेद निर्धारण भएका छन् । यस लेखमा शब्दालङ्कारअन्तर्गत यमक, श्लेष र पुनरुक्तवदाभासका कोणबाट जुरेली गान कविताको विश्लेषण भएको छ । प्रस्तुत कवितामा यमकालङ्कारको चमत्कृतिपूर्ण प्रस्तुति भएको छ । एकैश्लोकमा सन्दष्ट, समुद्गक र आम्रेडित यमकालङ्कारको प्रयोग भएको यस कवितामा अनेकार्थी शब्दको चमत्कारपूर्ण अभिव्यक्तिका माध्यमबाट काव्यिक सौन्दर्यको अभिव्यञ्जना भएको छ । यस कवितामा एउटै शब्दमा सन्निहित अर्थ तथा त्यससँग सम्बन्धित अनेक साम्यवैषम्य अर्थको प्रस्तुति भई पुनरुक्तवदाभास प्रतिपाद्य भएको छ । कवितालाई श्रुतिसुखद, आलङ्कारिक र आह्लादकारी तुल्याउन यमक, श्लेष र पुनरुक्तवदाभासको भूमिका सार्थक र कृतिगत सौन्दर्य निर्माणका लागि महŒवपूर्ण रहेको विषयमा विमर्श भएको छ ।

Abstract
156
PDF
0

Author Biographies

Anil Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

उपप्राध्यापक, नेपाली विभाग

Rekha Regmi, नेपाली विभाग, म्याग्दी बहुमुखी क्याम्पस, बेनी

उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

जुरेली गान कवितामा शब्दालङ्कार. (2024). The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 5-16. https://doi.org/10.3126/jnamc.v5i1.76769

Issue

Section

Articles

How to Cite

जुरेली गान कवितामा शब्दालङ्कार. (2024). The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 5-16. https://doi.org/10.3126/jnamc.v5i1.76769