कृष्ण शाह यात्रीका नाटकमा उत्तरआधुनिकवाद

Authors

  • Kanchhi Maharjan सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. लैनचौर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/jnamc.v6i1.91364

Keywords:

केन्द्रविरोधी, पुनव्र्याख्या, बद्धता, बहुलवादी, स्वैरकल्पना

Abstract

द्वितीय विश्वयुद्धको अन्त्य (सन् १९४५) भएदेखि यता पाश्चात्य चिन्तनमा आधुनिकता कमजोर हुँदै उत्तरआधुनिकतावादको चर्चाले तीव्रता पाएको देखिन्छ । सन् १९६० को दशकपछि विकसित चिन्तन नै उत्तरआधुनिकतावादी चिन्तन हो । यो बहुलतावादी सिद्धान्त भएकाले यसभित्र धेरै सिद्धान्त, मान्यता र वादहरू विकसित भएको हो । चालीसको दशकबाट नेपाली नाट्यलेखन आरम्भ गरेका कृष्ण शाह यात्रीको साठीको दशकपछि उत्तरआधुनिकतावादी नाट्यरचना देखा पधरेको देखिन्छ । यस लेखमा उत्तरआधुनिकतावादअन्तर्गतका केही मूल्य र मान्यताका आधारमा २०७० सालसम्म प्रकाशित कृष्ण शाह यात्रीका नाटकहरूको अध्ययन गरिएको छ । यसकारण यो निमगमनात्मक शोधविधि उपयोग गरी गरिएको एउटा अनुसन्धानमूलक लेख हो । उत्तरआधुनिकतावादका निश्चित सिद्धान्तहरूलाई अगाडि राखेर आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी व्याख्यात्मक र विश्लेषणात्मक ढङ्गबाट त्यसको व्यवस्थापन गरिएको छ । यस क्रममा अध्ययनका लागि २०७० सालसम्म प्रकाशित कृष्ण शाह यात्रीका नाटकहरूको सोउद्देश्यमूलक नमूना छनोट गर्दै त्यसलाई उत्तरआधुनिकतावादको कसीमा राखेर अध्ययन गरिएको छ । विशेषतः नेपाली नाट्यपरम्परामा कृष्ण शाह यात्रीका नाट्यसिर्जनाहरूमा उत्तरआधुनिकतावादको प्रयोग सशक्त रूपमा भएका छन् भन्ने अध्ययनबाट प्राप्त निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
6

Downloads

Published

2025-12-31

How to Cite

Maharjan, K. (2025). कृष्ण शाह यात्रीका नाटकमा उत्तरआधुनिकवाद . The Journal of Nuwakot Adarsha Multiple Campus , 6(1), 5–14. https://doi.org/10.3126/jnamc.v6i1.91364

Issue

Section

Articles