सामुदायिक क्याम्पस व्यवस्थापनका समस्या र समाधानका उपायहरू

Authors

  • Narayan Prasad Belbase Tribhuwan University
  • Ambika Sapkota Tribhuwan University

Keywords:

सिकाइस्तर, सामुुदायिक, आवश्यकताको सिद्धान्त, समन्वय सिद्धान्त, शैक्षिक सामग्री

Abstract

प्रस्तुत लेखले सामुदायिक क्याम्पस व्यवस्थापनका समस्या र समाधानका उपायहरूको उल्खनन गर्ने प्रयास गरेको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका समस्या अवस्थाको पहिचान गर्दै तिनले भोग्नु परेको समस्याहरू पहिल्याउने र त्यस्ता समस्या समाधानका उपायहरूको खोजी गर्नु यो लेखको मुख्य अभिप्राय हो । चिठ्ठा विधिद्वारा लुम्बिनी अञ्चलका पहाडी जिल्लाका छ सामुदायिक क्याम्पस तथा तराई जिल्लाका सात सामुदायिक क्याम्पसबाट तीन तीन गरी सामुदायिक क्यम्पसका ६ जना क्याम्पस प्रमुख, २४ शिक्षक र तिस विद्यार्थी गरी जम्मा ६४ उत्तरदातालाई अन्तर्वार्ता फारम र स्थलगत सर्वेक्षण फारममा निर्दिष्ट पूर्णनिर्धारित प्रश्नावलीको विधि प्रयोग गरी प्राप्त नतिजालाई यो लेखमा व्याख्या गरिएको छ । अध्ययनबाट सामुदायिक क्याम्पसका अनुभवी र दक्ष शिक्षकको कमी, अप्रभावकारी शिक्षण विधि, पठनपाठनमा अनियमितता, न्यूून भर्ना तथा उत्र्तीण दर, अपर्याप्त शैक्षिक सामग्री, अपरिमार्जित पुस्तकालय जस्ता शैक्षिक समस्याहरू भवन, खानेपानी, छात्रावास, फर्निचर जस्ता भौतिक समस्याहरू आन्तरिक तथा बाह्य आर्थिक सहायताको कमी जस्ता आर्थिक र राजनैतिक समस्याबाट सामुदायिक क्याम्पसहरू गुज्रिएको पाइएको छ । पूर्णकालीन शिक्षक तथा कर्मचारीको व्यवस्था, त्रिभुवन विश्वविद्यालयको प्रभावकारी अनुगमन, परिणाममुखी, भौतिक साधनको पर्याप्तता, प्रभावकारी र आधुनिक पुस्तकालयको उपलब्धता र समय सुहाउँदो शुल्कलाई आत्मसात गर्न सके यस्ता क्याम्पसको शैक्षिक स्थिति उकास्न सम्भव छ भन्ने यो लेखको निश्कर्ष हो । यस्ता समस्या समाधानका लागि, शिक्षक, विद्यार्थी, कर्मचारी प्रशासन, व्यवस्थापन समिति, त्रि. वि तथा सरकारले आ—आफ्नो क्षेत्रको उत्तरदायित्व बोध भई कार्यभार ग्रहण गरे समस्याको समाधान असम्भवप्रायः छैन ।

Abstract
119
PDF
0

Author Biographies

Narayan Prasad Belbase , Tribhuwan University

शिक्षाशास्त्र केन्द्रीय विभाग

Ambika Sapkota, Tribhuwan University

शिक्षण सहायक, सानोठिमी क्यम्पस

Downloads

Published

2025-12-31

How to Cite

सामुदायिक क्याम्पस व्यवस्थापनका समस्या र समाधानका उपायहरू. (2025). The Journal of Nuwakot Adarsha Multiple Campus , 6(1), 15-29. https://doi.org/10.3126/jnamc.v6i1.91381

Issue

Section

Articles

How to Cite

सामुदायिक क्याम्पस व्यवस्थापनका समस्या र समाधानका उपायहरू. (2025). The Journal of Nuwakot Adarsha Multiple Campus , 6(1), 15-29. https://doi.org/10.3126/jnamc.v6i1.91381