नेपाली एकभाषी शब्दकोश निर्माण परम्परा र परिष्करण

Authors

  • Ram Kumar Adhikari

Abstract

भाषा, साहित्य, व्याकरणका विविध पाटाहरू लेख रचनाका विषय बन्ने गरेको पाइन्छ । यिनै विधासँग अभिन्न सम्बन्ध राख्ने शब्दकोशका बारेमा लेख, रचनाको सिर्जना मात्र होइन अध्ययन, अनुसन्धानमा समेत ध्यान केन्द्रित भएको कमै देखिन्छ । ओझेलमा परेका विषयलाई प्रकाशमा ल्याउनु आवश्यकता रहेको महसुस गरी यहाँ ‘शब्दकोश’ लाई विषयका रूपमा उठान गरिएको छ । प्रस्तुत लेख ‘नेपाली एकभाषी शब्दकोश ः परम्परा र परिष्कार’ शीर्षकमा केन्द्रित छ ।लेखमा नेपाली एकभाषी कोश निर्माणको पृष्ठभूमि, परम्परा र कोशीय सूचना संयोजनमा आएका परिष्कारबारे सार सङ्क्षेप सर्वेक्षण प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा एकभाषी कोशको परिचय, नेपाली एकभाषी कोशका सामान्य र विशिष्ट रूपको परिचय र यिनको पृष्ठभूमि केलाउने प्रयास गरिएको छ । परम्परा अन्तर्गत विभिन्न व्यक्तिहरूको सत्प्रयासबाट नेपाली एकभाषी कोश निर्माणको जग तयार भएपछि वि.सं. १९९८ मा चक्रपाणि चालिसेको नेपाली बगली कोश निर्माण भएकोमा यसैबाट नेपाली एकभाषी कोशको आधुनिक काल प्रारम्भ भएको मानी उक्त समय विन्दुबाट हालसम्म आइपुग्दा यसलाई तिन चरणमा विभाजन गरिएको छ । वि.सं.१९९८ –२०१८ लाई प्रथम, वि.सं.२०१९ – २०३९ लाई द्वितीय र वि.संं.२०४० – हालसम्मलाई तृतीय चरणमा राखी यी समय सीमाभित्रका नेपाली एकभाषी कोश विवरण प्रस्तुत गरिएको छ ।
उल्लिखित समय अवधिमा निर्मित सबै नेपाली एकभाषी कोशहरूमा समेटिएका सबै सूचनाहरू केलाउने कार्य प्रस्तुत सङ्क्षिप्त लेखमा सम्भव नहुने भएकाले केवल सामान्य प्रकृतिका प्रमुख नेपाली एकभाषी कोशहरू र तिनका मुख्य कोशीय सूचनाहरूको मात्र सार सङ्क्षेप सर्वेक्षण प्रस्तुत गरिएको छ । कोश निर्माणका परिष्कार पक्ष पहिल्याने क्रममा कोशका चरणगत विभाजनका आधारमा कोशीय सूचना संयोजनमा देखिएका प्रवृति वा विशेषतालाई आधार बनाइएको छ । लेखमा द्वितीय स्रोतका सामग्रीलाई मुख्य आधार बनाइएको छ । यस क्रममा सम्बन्धित विद्वानहरूद्वारा प्रस्तुत एकभाषी कोश र नेपाली एकभाषी कोश सम्बन्धी धारणा, दृष्टिकोण र विचारहरूलाई उपयोग गरिएको छ । नेपाली एकभाषी कोशहरू र यसमा सम्बन्धित भएर गरिएका अध्ययनका निष्कर्षहरूलाई समेत स्रोत सामग्रीका रूपमा लिइएको छ । द्वितीय स्रोतका सामग्रीको विश्लेषण र लेखक स्वयम्को सम्बन्धित विषयमा रहेको सुझका आधारमा यसको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
64
PDF (Nepali)
1

Downloads

Published

2024-12-01

How to Cite

नेपाली एकभाषी शब्दकोश निर्माण परम्परा र परिष्करण. (2024). The Journal of Aadikavi, 13(1), 1-17. https://doi.org/10.3126/joaa.v13i1.86266

Issue

Section

Articles

How to Cite

नेपाली एकभाषी शब्दकोश निर्माण परम्परा र परिष्करण. (2024). The Journal of Aadikavi, 13(1), 1-17. https://doi.org/10.3126/joaa.v13i1.86266