संरचना र सूचनाका दृष्टिले नेपाली एक भाषी शब्दकोशहरू: एक तुलनात्मक अध्ययन

Authors

  • Ram Kumar Adhikari आदिकवि भानुभक्त क्याम्पस, तनहुँ

Keywords:

एकभाषी शब्दकोश, कोशका अङ्गहरु, शब्द प्रविष्टि, कोशीय सूचनाको समावेशन, अर्थ विधान

Abstract

प्रविष्ट शब्द र तिनका सूचना दुवै नेपाली भाषामा समावेश भएका कोश नै नेपाली एकभाषी कोश हुन् । नेपाली एकभाषी शब्दकोशको संरचना र यसमा सङ्ग्रह हुने कोशीय सूचनाको तुलनात्मक अध्ययनमा प्रस्तुत लेख केन्द्रित छ । हाल प्रकाशित सामान्य प्रकृतिका र विविध प्रयोजनका उद्देश्यले निर्मित नेपाली एकभाषी कोशहरुमा समाविष्ट कोशीय सूचनाको सर्वेक्षण गर्ने कार्यमा प्रस्तुत लेख केन्द्रित गरिएको छ । कोशको संरचना तथा सूचनाहरू प्रस्तुतिका लागि विभिन्न विद्वानहरूको मत वा दृष्टिकोणहरूलाई आधार मानिएको छ । सामान्य नेपाली एकभाषी कोशमा उपलब्ध सूचनाहरू पहिल्याउने क्रममा गुणात्मक ढाँचामा द्वितीय स्रोतका सामग्रीको विश्लेषण र अध्येता स्वयम्को सम्बन्धित विषयमा रहेको सुझका आधारमा यसको निष्कर्ष प्रस्तुत गरिएको छ । यस अध्ययनबाट नेपाली एकभाषी अधिकांश कोशहरूको पूर्व भागमा सीमित सूचना समावेश भएको, उत्तर भागका सूचना नगन्य कोशहरुमा मात्र समावेश गरिएको, मूल वा शीर्ष भागमा भने पर्याप्त कोशीय सूचना समावेश भएको निष्कर्ष प्रस्तुत भएको छ । आकारगत दृष्टिले मात्र नभई सूचना संयोजनका दृष्टिले प्रयोगात्मक नेपाली शब्दकोश (२०६१), नेपाली बृहत शब्दकोश (२०४०), नेपाली शब्दकोश   (२०१९) र नेपाली शब्द सागर (२०५७) सन्तुलित र स्तरीय शब्दकोश रहेको पुष्टि हुन्छ भने मझौला आकारमा संरचित भए तापनि विद्यार्थी नेपाली शब्दमाला (२०६३) र नेपाली बाल शब्दकोश (२०६६) सूचना संयोजनका दृष्टिले स्तरीय, आधुनिक र शैक्षणिक दृष्टिले उपयोगी कोश रहेको देखियो । हालसम्म निर्मित नेपाली भाषाका कोशहरुले आत्मसात गरेको विकासशील पथलाई थप निरन्तरता दिनसके नेपाली एकभाषी साधारण प्रयोजनका कोशहरुको सङ्ख्यात्मक र गुणात्मक स्तरीयता कायम सुनिश्चित देखिन्छ ।

Abstract
22
PDF
17

Author Biography

Ram Kumar Adhikari, आदिकवि भानुभक्त क्याम्पस, तनहुँ

सहप्राध्यापक

Downloads

Published

2026-09-02

How to Cite

Adhikari, R. K. (2026). संरचना र सूचनाका दृष्टिले नेपाली एक भाषी शब्दकोशहरू: एक तुलनात्मक अध्ययन. The Journal of Aadikavi, 14(1-2), 119-138. https://doi.org/10.3126/joaa.v14i1-2.99511

Issue

Section

Articles

How to Cite

Adhikari, R. K. (2026). संरचना र सूचनाका दृष्टिले नेपाली एक भाषी शब्दकोशहरू: एक तुलनात्मक अध्ययन. The Journal of Aadikavi, 14(1-2), 119-138. https://doi.org/10.3126/joaa.v14i1-2.99511