नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)

Authors

DOI:

https://doi.org/10.3126/jovac.v2i1.83881

Keywords:

आलोचनात्मकता, उद्यमशीलता, नवप्रवर्तनात्मकता, सम्भावना र सिर्जनात्मकता

Abstract

नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश्वविद्यालयका पाठ्यक्रमका निर्माताको अनुभवका आधारमा उद्यमशील शिक्षा र जीवनको पेसा बिचका सम्बन्धलाई देखाउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । इन्टरप्रिटेभिज्म प्याराडाइमअन्तर्गत मनोघटना (फेनोमेनोलोजिकल) ढाँचाको उपयोग गरिएको प्रस्तुत लेखमा सोद्देश्यमूलक नमुना छनोट विधिका आधारमा नेपाली शिक्षाको एमएड र एमफिल अध्ययन गरेका विद्यार्थी तथा उक्त कार्यक्रममा पाठ्यक्रम निर्माण गरी अध्यापन गर्ने प्राध्यापकलाई छनोट गरिएको छ । अन्तर्वार्ता विधिका आधारमा तथ्याङ्क सङ्कलन गरिएको यस लेखमा तथ्याङ्कलाई उतार गरी कोडीकरण, थिम निर्माण र थिमेटिक शीर्षकका आधारमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणमा विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा सिद्धान्तका ठेली भए तापनि सम्भावनाको खोजी गरेर बजारमा आवश्यक परेको सेवा प्रदान गर्न सफल बनेको देखिएको छ । एमफिल उत्तीर्ण विद्यार्थीहरू पनि नयाँ जोखिम लिएर बजारको विश्लेषण गरी उद्यम सिर्जना गर्न अभ्यास गरेको पाइएको छ । उनीहरूको सामूहिक योजनाले जन्माएको सिर्जनशील, नवप्रवर्तन र सामूहिक प्रयासलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने सफल उद्यमशील र व्यावहारिक थालनीका रूपमा लिइएको छ । साथै नेपाली शिक्षाको पाठ्यक्रमले प्रस्ट रूपमा उद्यमशील शिक्षाको वकालत नगरे तापनि त्यसभित्र प्रदान गरिने भाषिक सिप भने उद्यमशीलतासँगै जोडिने तर तिनको अभ्यास नभएका कारण सिद्धान्त र व्यवहार बिच रिक्तता रहेको पाइएको छ । नेपाली भाषा शिक्षण तथा पाठ्यक्रम निर्माण गरेका अनुभवी प्राध्यापक र उक्त दुवै तहका विद्यार्थीको अनुभवका आधारमा शिक्षाशास्त्रीय पाठ्यक्रममा उद्यमशीलतासम्बन्धी विषयलाई प्रत्यक्ष रूपले प्रस्तुत नगरिएका कारण धेरै विद्यार्थीको प्रमाणपत्र र उद्यमशीलता बिच खाडल रहेको देखिएको छ । यसरी नेपालको शिक्षालाई आत्मनिर्भर तथा उद्यमशीलतासँग जोडी गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने शिक्षाको नीति निर्माण र कार्यान्वयन गर्नसमेत प्रत्यक्ष मदत पुग्ने भएकाले प्रस्तुत लेखको उपयोगिता रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
54
PDF (नेपाली)
33

Published

2025-09-01

How to Cite

Nepal, S. (2025). नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education). Journal of Vishwa Adarsha College, 2(1), 91–113. https://doi.org/10.3126/jovac.v2i1.83881

Issue

Section

Article