ऋग्वेदमा नारीको दैवीभूमिका

Authors

  • Yashoda Pandeya राप्ती बबई क्याम्पस तुलसीपुर, दाङ

DOI:

https://doi.org/10.3126/jrbc.v5i1.78474

Keywords:

द्यावापृथ्वी, दैवीभूमिका, गाथिन्, उषा, ऋग्वेद

Abstract

ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई विशिष्ट स्थान दिएको पाइन्छ । विशेष गरी ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्रकृतिको मानकीकृत नारी स्वरूपको वन्दना र स्तुति गरिएको छ । ऋग्वेदका विभिन्न मण्डलका त्रिचालिस वटा सूक्तमा नारीको दैवी स्वरूप प्रस्तुत गरिएको छ । ती सूक्तहरूमा नारीमा ईश्वरीय, प्रकृतिको मानकीकृत स्वरूप र मानवीय स्वरूप प्रस्तुत गरिएको छ । यहाँ नारीलाई उज्यालो, मानवको रक्षक, आत्मनिर्णयी, मन्त्रद्रष्टा, योद्धा, माता, श्रद्धा, देवपत्नीका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा ऋग्वेदमा नारीका दैवी भूमिकाको अध्ययन गरिएको छ । यसका लागि मानवशास्त्री मोर्गनर जी एम घुर्मेका मान्यतालाई मुख्य आधार मानिएको छ । यस मान्यताका अनुसार समाज विकासको चरणमा मानवले दैवी शक्तिको परिकल्पना ग¥यो । त्यसबेला उसले दिव्य शक्तिको परिकल्पना गर्यो र नारीका विभिन्न भूमिकाहरू निर्धारण गर्यो भन्ने नारीको दैवी भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा व्याख्या गरिएको छ । यसबाट ऋग्वेदमा उषा, द्यावा, सरस्वती, अरण्यानी र पृथ्वी सूक्तमा नारीको दैवी भूमिका देखाइएको छ । यसले संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदमा पुरुष समान नारीलाई पनि पूर्ण भूमिका दिएको छ । तर त्यसपछिको समयमा भने नारीको दैवीभूमिका खुम्चिँदै गएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-05-07

How to Cite

Pandeya, Y. (2025). ऋग्वेदमा नारीको दैवीभूमिका. Journal of Rapti Babai Campus, 5(1), 199–206. https://doi.org/10.3126/jrbc.v5i1.78474

Issue

Section

Articles