पूर्वीय दर्शनमा भौतिकवाद

Authors

  • Janak Bi. Ka. शान्तिनगर–३ भलानेटी, दाङ

DOI:

https://doi.org/10.3126/jrbc.v5i1.78478

Keywords:

भौतिकवाद, अध्यात्मिक, दृष्टिकोण, रूपान्तरण, दर्शन

Abstract

पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय दर्शनअन्तर्गत पर्ने भौतिकवादी र द्वन्द्ववादी दृष्टिकोण राख्ने दर्शनहरू नै पूर्वीय दर्शन भित्रका भौतिकवादी दर्शनहरू हुन् । यो शोधलेख पूर्वीयदर्शनमा भौतिकवादसँग सम्बन्धित रहेको छ । खास गरेर पूर्वीय दर्शनहरूभित्र पर्ने दर्शनहरूमा भौतिकवादी दृष्टिकोणहरू कहाँ कहाँ छन् भनी खोजी गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यो शोधलेख निगमन विधिमाआधारित छ । यसमा पूर्वीय दर्शनभित्र भौतिकवादको विषयमा प्रस्तुत गरिएको सन्दर्भसामग्रीको अध्ययन गरीनिगमन विधिको आधारमा व्याख्या विश्लेषण र सङ्क्षपीकरण गरी तयार पारिएको छ । पूर्वीय दर्शनमा तिकवादीदृष्टिकोणको उजागर नहुँदा कर्मकाण्ड र ब्राह्मणवादसँग जोडेर हेरिन्छ । पूर्वीय दर्शनभित्रका उद्दालकको दर्शन,साङ्ख्य दर्शन, चार्वाक दर्शन र वैशेषिक दर्शन भौतिकवादी दर्शनका रूपमा लिइन्छ । एउटा समयसम्म बौद्ध रजैन दर्शनहरू भौतिकवादी नै थिए । सत्ता र धर्मको गठजोडले गर्दा अध्यात्मवादी दर्शनको कित्तामा पुगेका थिए। त्यसका अलावा वैदिक, वेदान्त, न्याय र मीमांसा दर्शनहरूको प्रारम्भिक कालमा पनि भौतिकवादका प्रशस्त दृष्टिकोणहरू पाइन्छन् । अझ भारतवर्ष बाहेकका क्षेत्रमा हुर्किएका ताओवाद र इस्लामिक लगायतका दर्शनहरूमा पनि भौतिकवादी दृष्टिकोणहरू भेटिन्छन् । यही विषयलाई सङ्क्षिप्तमा प्रस्तुत गर्नु र पूर्वीय दर्शनभित्रका भौतिकवादी दृष्टिकोणहरूलाई रक्षा, विकास र रूपान्तरण गर्नु आवश्यक छ, जसले गर्दा दर्शनको वास्तविक स्वरूपपुनःस्थापित गर्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-05-07

How to Cite

Bi. Ka. , J. (2025). पूर्वीय दर्शनमा भौतिकवाद. Journal of Rapti Babai Campus, 5(1), 187–198. https://doi.org/10.3126/jrbc.v5i1.78478

Issue

Section

Articles