माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
DOI:
https://doi.org/10.3126/jrbc.v5i1.78487Keywords:
सामाजिक सन्दर्भ, लोकजीवन, स्थानीयता, विपन्न, आञ्चलिकताAbstract
इस्मालीको ‘माछो माछो भ्यागुतो’कथालाई आञ्चलिकताका आधारमा विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेषका रीतिस्थिति, चालचलन, रहनसहन, संस्कार, संस्कृति आदि विविध पक्षहरूको अध्ययन गरिन्छ । प्रस्तुत लेखमा आञ्चलिकताको परिचय दिँदै कथ्यविषय, पात्रचित्रण, प्रकृतिचित्रण, स्थानीयभाषा, स्थानीय रङ, स्थानीय जीवनपद्धति, संस्कृति र लोकजीवन जस्ता आञ्चलिकता निर्धारणका आधारहरूको प्रस्तुति गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिकस्रोतका सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमा वर्णनात्मक विधिको उपयोग गरी कथाको विश्लेषण गरिएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, शोधपत्र आदिबाट द्वितीयक सामग्रीको खोजी गरी यसलेखलाई तयार पारिएको छ । मिथिला क्षेत्रको चुनावी परिवेशलाई केन्द्रविन्दु बनाई लेखिएको यस कथामाचुनावका समयमा गाउँमा देखिएको चहलपहल, उमेदवारहरूको झुटो आश्वासन तथा विपन्न वर्गमा देखिएको नैराश्यतालाई प्रस्तुत गरिएको छ । यस कथामा गरिबीको मारमा पिल्सिएका तथा सामन्तको अत्याचार सहेरबसेका जनताहरूमा बिस्तारै चेतनाको विकास हुँदै गरेको कुरा देखाइएको छ । कथाको विश्लेषणबाट मिथिलाक्षेत्रको स्थानीय जनजीवनसँग सम्बद्ध विविध पक्षलाई द्योतन गर्न सक्षम रहेकाले आञ्चलिकताको प्रयोगसमुचित ढङ्गले भएको निष्कर्ष निकालिएको छ ।