पेसागत उन्नयनमा स्वमूल्याङ्कनको उपयोगप्रति शिक्षकका अनुभव
DOI:
https://doi.org/10.3126/jteson.v4i1.94110Keywords:
पेसागत–उन्नयन, आत्म–चिन्तन, संस्थागन–अपनत्व, स्वमूल्याङ्कनAbstract
शिक्षकको पेसागत उन्नयन शैक्षिक गुणस्तर सुधारसँग प्रत्यक्ष सम्बन्धित छ र यसमा स्वमूल्याङ्कन एक महत्वपूर्ण आत्मचिन्तनात्मक अभ्यासका रूपमा प्रयोग हुँदै आएको छ । नेपालमा शिक्षकको पेसागत विकासका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भए पनि तिनको कक्षाकोठा अभ्यासमा दीर्घकालीन प्रभाव सीमित देखिन्छ । त्यसैले स्वमूल्याङ्कनको प्रभावकारिता र यसको व्यवहारिक प्रयोगबारे अझ स्पष्ट अध्ययन आवश्यक देखिन्छ । यस अध्ययनको उद्देश्य शिक्षकको पेसागत उन्नयनमा स्वमूल्याङ्कनको भूमिका, प्रभावकारिता तथा सीमाहरूको विश्लेषण गर्नु हो । अध्ययनमा गुणात्मक अनुसन्धान दृष्टिकोण अपनाई माध्यमिक तहका चार जना शिक्षकसँग अर्धसंरचित अन्तर्वार्ता तथा प्रतिबिम्बात्मक टिपोटमार्फत तथ्य सङ्कलन गरिएको छ । सङ्कलित तथ्यहरूको विश्लेषण विषयवस्तु विश्लेषण विधिबाट गरिएको छ । अध्ययनले स्वमूल्याङ्कन शिक्षकको आत्मचिन्तन र शिक्षण सुधारमा उपयोगी रहेको देखाएको छ तर यसको प्रभावकारिता निरन्तर अभ्यास र प्रतिबद्धतामा निर्भर रहने निष्कर्ष निकालेको छ । यस अध्ययनले स्वमूल्याङ्कनलाई औपचारिक प्रक्रिया मात्र नभई पेसागत विकासको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिने सङ्केत गर्दछ र यसले शिक्षकको पेसागत उन्नयन तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।