नेपाली कथा शिक्षणमा पारभाषिक माध्यमको उपयोग
DOI:
https://doi.org/10.3126/jteson.v4i1.94111Keywords:
पारभाषिक, बहुभाषिक कक्षाकोठा, शिक्षण–रणनीति, समावेसी, सांस्कृतिकAbstract
प्रस्तुत लेख कक्षा ११ को ‘गाउँको माया’ कथा शिक्षणमा शिक्षकहरूले अपनाउने पारभाषिक रणनीतिमा केन्द्रित छ । यसमा कठिन र साँस्कृतिक शब्दहरू बुझाउन शिक्षकले अपनाउने पारभाषिक प्रयोगलाई समस्याका रूपमा उठान गरिएको छ । बहुभाषिक कक्षामा भाषिक लचकताले विद्यार्थीको संज्ञानात्मक क्षमता र सांस्कृतिक पहिचानलाई सहजीकरण गर्न सकिन्छ । त्यसैले अध्ययनको मुख्य उद्देश्य कथा शिक्षणमा प्रयोग गरिने अन्तर भाषिक रणनीति र शिक्षकको अनुभव विश्लेषण गर्नु रहेको छ । यसमा सामान्य गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरी उद्देश्यमूलक नमूना छनोटद्वारा तिनजना शिक्षकलाई अर्ध–संरचित अन्तर्वार्ताबाट तथ्याङ्क सङ्कलन गरेर विश्लेषण गरिएको छ । कथामा भएका विशिष्ट सांस्कृतिक शब्दावलीहरू बुझाउन शिक्षकहरूले विद्यार्थीको मातृभाषिक स्रोतलाई संज्ञानात्मक टेकोका रूपमा प्रयोग गरेकाले सिकाइ सहज भएको देखिन्छ । त्यसैले बहुभाषिक कक्षामा पारभाषिकशिक्षण सिकाइलाई कमजोरी नमानी वैध शिक्षण विधिका रूपमा स्वीकार गर्नुपर्ने धारणा सहभागिहरूको रहेको पाइन्छ । यसले विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै कथाको मर्म र सामाजिक परिवेशसँग भावनात्मक सामीप्यता कायम भई सिकाइ प्रभावकारी बन्न पुग्दछ । यस अध्ययनले बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण एकभाषिक शुद्धतावादको संकुचित घेराबाट मुक्त हुनुपर्ने आवश्यकता पुष्टि गरेको छ । अन्तत भविष्यमा नेपाली भाषा शिक्षणलाई समयानुकूल, प्रभावकारी र समावेशी बनाउन शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न, शिक्षक प्रशिक्षण गर्नका लागि उपयोगी हुने देखिन्छ ।