नेपाली विषय सिकाइमा आवधिक मूल्याङ्कनको प्रभाव र अवस्था

Authors

  • Sunita Shrestha

DOI:

https://doi.org/10.3126/jteson.v4i1.94112

Keywords:

आवधिक – मूल्याङ्कन, भाषिक–सिप, शिक्षण–सिकाइ, शैक्षिक–उपलब्धि

Abstract

मूल्याङ्कनलाई शिक्षण सिकाइको चक्रिय प्रक्रियाभित्रको एक अभिन्न अंगको रूपमा लिइन्छ । शिक्षणका क्रममा निश्चित विषयवस्तुमा रहेर निश्चित समयावधि तोकेर लिइने मूल्याङ्कन आवधिक मूल्याङ्कन हो । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको छ । यस अध्ययनमा विशेष गरी आवधिक मूल्याङ्कनले भाषिक सिकाइ उपलब्धिमा के कस्तो प्रभाव पारेको छ भनी अध्ययन गरिएको छ । नेपाली विषय सिकाइ उपलब्धिमा आवधिक मूल्याङ्कनको प्रभावकारिताको अध्ययन गर्नका लागि सम्बन्धित विद्यालयको नेपाली विषय शिक्षक र ५ जना विद्यार्थीहरूलाई संरचित प्रश्नावली निर्माण गरी गहन अन्तर्वार्ता लिइएको छ । उक्त अन्तर्वार्ताबाट प्राप्त तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । शिक्षणका क्रममा श्रुतिलेखन, अनुलेखन, सिर्जनात्मक लेखन आदि गराएर आवधिक मूल्याङ्कन गर्ने गरेको अध्ययनबाट आएको छ । यसरी भाषिक सिप विकास हुनुमा आवधिक मूल्याङ्कन उपयुक्त रहेको कुरा अध्ययनबाट प्राप्त भयो । शिक्षण सिकाइका क्रममा आवधिक मूल्याङ्कनलाई निर्णयात्मक रूपले मात्र प्रयोग नगरी रचनात्मक रूपमा पनि प्रयोग गर्न सकिने कुरा अध्ययनबाट निष्कर्ष प्राप्त भएको छ । वर्तमान शैक्षिक क्षेत्रमा आधारभूत तहको मूल्याङ्कन प्रणालीमा आन्तरिक अथवा निरन्तर मूल्याङ्कनलाई बढी जोड दिएको पाइन्छ । जुन किसिमले आन्तरिक मूल्याङ्कनलाई प्रयोग गरी शैक्षिक गुणस्तरमा वृद्धि हुनु पर्ने थियो सोही बमोजिम प्रयोग नगरी पूर्वाग्रहको प्रभावका कारण शैक्षिक गुणस्तर खस्कदो अवस्था सिर्जना भएको देखिन्छ । यस सन्र्दभमा पनि आवधिक मूल्याङ्कन प्रभावकारी देखिन्छ । आवधिक मूल्याङ्कनमा उच्च विश्वासनीयता हुन्छ । आवधिक मूल्याङ्कनमा पूर्वाग्रहको प्रभाव हुँदैन ।

Downloads

Download data is not yet available.
Abstract
9
pdf
36

Downloads

Published

2026-05-11

How to Cite

Shrestha , S. (2026). नेपाली विषय सिकाइमा आवधिक मूल्याङ्कनको प्रभाव र अवस्था. Journal of TESON, 4(1), 101–113. https://doi.org/10.3126/jteson.v4i1.94112

Issue

Section

Articles