शिक्षा, श्रम र डायस्पोरा: स्पेनमा रहेका नेपाली युवाको संघर्ष र भोगाइ

Authors

Keywords:

वैदेशिक अनुभव, जीवनगाथा, अतीतमोह, अभिघात, इच्छित भूमि

Abstract

प्रस्तुत लेख स्पेन मालगा निवासी रेस्टुरेन्टमा कार्यरत नेपाली युवाको अध्ययनमा केन्द्रित छ । यस लेखको उद्देश्य नेपाली युवाको वैदेशिक अनुभवको अध्ययन गर्नु हो । यो लेख गुणात्मक अनुसन्धान अन्तर्गत जीवनगाथा तथा जीवनी (ल्बचचबतष्खभ च्भकभबचअज म्भकष्नलक) ढाँचामा आधारित छ । यसमा युरोपको स्पेन मालगा सहरमा कार्यरत नेपाली युवाको जीवनघटना र अनुभूतिलाई तथ्याङ्कको रूपमा नमुना छनोट गरिएको छ । नमुना छनोट भएका नेपाली युवासँग लामो समय गहिरो कुराकानी गर्दै जीवनगाथालाई रेकर्ड गर्दै तथ्य सङ्कलन गरी उनीसँग भएको आत्मीय कुराकानीलाई शाब्दिक रुपान्तरण वा लिप्यान्तरण ९ त्चबलकअचष्उतष्यल ० गरी कोडिङ गरिएको छ । मिल्दाजल्ुदा कोडलाई वर्र्गीकरण गरी विगत र स्मृति र इच्छित भूमिमा सङ्घर्ष दुई साझा थिमको निर्माण गरी मुख्यमुख्य घटना र अनुभवलाई कथात्मक शैलीमा विश्लेषण गरिएको छ । नेपालीहरू उच्चशिक्षा हासिल गर्न होस् चाहे आर्थिक कारोबार थेङ्न वा उज्ज्वल भविष्यको खोजीमा होस् मातृभूमिलाई प्रेम गर्दै परदेशमा जानुपर्ने बाध्यात्मक रहरको अवस्था सिर्जना स्वदेशबाट नै भएको हुनाले विदेशमा चरम सङ्घर्षले निम्त्याएको अभिघात भोग्न बाध्य भएको पाइन्छ । राष्ट्रले युवाहरूको रोजगारीलाई ध्यानाकर्षण गर्दै स्वदेशमै गरी खान सक्ने वातावरण तयार पार्ने नीति नियम बनाई कार्यान्वयन गरोस् ताकि जीवनयापन र अस्तित्व रक्षाका लागि पराइदेशमा भौतारिन नपरोस् भन्ने निष्कर्ष निकालिएको छ । यस लेखबाट गुणात्मक अनुसन्धानको न्यारेटिभ खोज गर्न चाहने अनुसन्धातालाई र युरोप आउन चाहने नेपालीले जीवन भोगाइ बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Abstract
92
pdf
2

Downloads

Published

2026-05-11

How to Cite

शिक्षा, श्रम र डायस्पोरा: स्पेनमा रहेका नेपाली युवाको संघर्ष र भोगाइ. (2026). Journal of TESON, 4(1), 114-123. https://doi.org/10.3126/jteson.v4i1.94113

Issue

Section

Articles

How to Cite

शिक्षा, श्रम र डायस्पोरा: स्पेनमा रहेका नेपाली युवाको संघर्ष र भोगाइ. (2026). Journal of TESON, 4(1), 114-123. https://doi.org/10.3126/jteson.v4i1.94113