Kaladarpan कलादर्पण https://www.nepjol.info/index.php/kaladarpan
Kaladarpan कलादर्पण is a multidisciplinary journal published by the Faculty of Humanities and Social Science, Butwal Multiple Campus, Butwal, Rupandehi, Nepal. It publishes articles in the humanities.
en-US narendrachhetri9@gmail.com (Narendra Bahadur Chhetri) sioux.cumming@ubiquitypress.com (Sioux Cumming) Wed, 07 Jun 2023 15:28:51 +0000 OJS 3.3.0.6 http://blogs.law.harvard.edu/tech/rss 60 भाषामा ध्वनिपरिवर्तन {Sound Change in Language} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55185
ध्वनि भाषाको सबभन्दा सानो भाषिक एकाइ हो । यसले भाषाका त्यसभन्दा माथिल्ला एकाइ रूप, पद, पदावली,उपवाक्य र वाक्यको निर्माण गर्दछ । ध्वनिको अध्ययन भाषाविज्ञानको ध्वनिविज्ञान शाखा अन्तर्गत हुन्छ । भाषाको सबभन्दा सानो एकाइ भएकाले भाषिक परिवर्तनमा ध्वनिको महत्वपूर्ण स्थान रहेको हुन्छ । भाषाका ध्वनिको परिवर्तनसम्बन्धी विश्लेषण निश्चित सिद्धान्तका आधारमा गरिन्छ । भाषामा हुने परिवर्तन एकै पटक नभएर क्रमिक रूपमाहुन्छ । एक पछि अर्को गर्दै क्रमशः भाषिक नियमहरू परिवर्तन हुँदै जान्छन् र नयाँ भाषा जन्मन्छ । ध्वनि परिवर्तनको अध्ययन वृक्षरेख र तरङ्ग सिद्धान्तका आधारमा गरिन्छ । भाषाहरूका बीचको सम्बन्धको खोजी गरी तिनका बीचकोसमान नियम र विशेषताको निक्र्योल वृक्षारेख सिद्धान्तमा गरिन्छ भने नजिकको भाषामा पर्ने बढी प्रभाव र टाढाको भाषामा पर्ने कम प्रभावको विश्लेषण तरङ्ग सिद्धान्तमा गरिन्छ । भाषाका ध्वनिहरूलाई प्रभावित गर्ने ध्वनि परिवर्तनका निश्चित प्रक्रियाहरू ध्वनि नियम हुन् । ग्रीम, भर्नर र ग्रासमनका नियमहरूका आधारमा भाषाका ध्वनिपरिवर्तनको विश्लेषण हुन्छ । भाषिक ध्वनि परिवर्तन विभिन्न कारणले हुने गर्दछ ।
सखिशरण Sakhisharan सुवेदी Subedi Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55185 Wed, 07 Jun 2023 00:00:00 +0000 शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55186
प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएको युद्धअभिघातको अवस्था र प्रभावको विश्वलेषण आधारबाट उपन्यासको अध्ययन गरिएको छ । दोस्रो विश्ववयुद्धमा नेपालीहरू ब्रिटिस गोर्खा सैनिकका रूपमा सहभागी भएका र तिनीहरू अर्काको भूमिमा युद्ध लड्न पर्दा चोटग्रस्त भएको अभिघातीत मनस्थितिका साथै युद्धले निर्माण गर्दै गएको तिनको आक्रामक र हिंस्रक चरित्रबाट उनीहरूमा देखिएको अभिघातीत अवस्थालाई यस उपन्यासले चित्रण गरेको छ । युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासमा सुयोगवीर समाख्याता पात्रका रूपमा प्रस्तुत भई आफ्ना विगत स्मृतिलाई विसङ्गत मनोदशामा प्रस्तुत गर्दै युद्धले निर्माण गरेको जीवनको विसङ्गत अवस्था र निराशाको चित्रण गरेको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा उपन्यासका घटना तथा युद्धमा सहभागी मूल पात्रको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानवजीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
रजनी काफ्ले Rajani Kafle ढकाल Dhakal Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55186 Wed, 07 Jun 2023 00:00:00 +0000 अवधी मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि {Awadhi Speaking Students' Errors in Nepali Pronunciation and Writing} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55188
सिकारुले सिकाइका क्रममा विभिन्न त्रुटि गर्दछन् । त्रुटि भाषाका चारओटै सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइमाहुन्छन् । त्रुटि मातृभाषामा मात्र होइन, दोस्रो वा अन्य भाषा सिकाइका क्रममा पनि हुन्छन् । सिकारुले कुन प्रकृतिका त्रुटि गर्दछन् । ती त्रुटि के कारणले वा कसरी हुन्छन् । तिनको निराकरणका उपाय के के हुन् भनी अध्ययन विश्लेषण गर्ने पद्धतिलाई त्रुटि विश्लेषण भनिन्छ । त्रुटिको अध्ययनबाट ज्ञानको स्तर र सिक्न बाँकी रहेका कुरा पत्ता लगाउन सकिन्छ । सिकारुले गरेका त्रुटि सङ्कलन, वर्गीकरण, व्याख्या र वर्णन गरी सिकाइमा रहेका खास–खास समस्याका आधारमा समाधान निकाल्न सकिन्छ । प्रस्तुत लेख अवधी मातृभाषी विद्यार्थीका नेपाली उच्चारण र लेखाइगत त्रुटिको अध्ययनमा केन्द्रित छ । यसको मुख्य उद्देश्य अवधी मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ताल गाउनु रहेको छ । तथ्याङ्क सङ्कलन गर्दा अन्तर्वार्ता, सामूहिक छलफल, मौखिक उच्चारण तथा लिखित अनुुभववर्णन गराइएको छ । विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा वक्तृता र संवाद गराइएको छ । लिखित रूपमा स्तन्त्र वर्णनगराइएको छ । अवधी मातृभाषाका बारेमा पूर्व प्रकाशित पुस्तक, पत्रपत्रिका, पुस्तकालयीय अध्ययन कार्यको उपयोगगरिएको छ । तथ्याङ्क विश्लेषण गर्दा वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस लेखमाविषयपरिचय, त्रुटि विश्लेषणको सैद्धान्तिक आधार, अनुसन्धानका समस्या, उद्देश्य, विधि र प्रक्रिया, अवधी मातृभाषीविद्यार्थीका नेपाली उच्चारण तथा लेखाइगत त्रुटिको विश्लेषण गरी अन्त्यमा निष्कर्ष प्रस्तुुत गरिएको छ । अवधीमातृभाषी विद्यार्थीलाई नेपाली उच्चारण र लेखाइमा निकै कठिनाइ भएको, शब्दभण्डार, शब्दोच्चारणका तरिका रलय भिन्न भएकाले नेपाली भाषाका सुनाइ, बोलाइ, पढाइ तथा लेखाइमा त्रुुटि हुुने गरेको निष्कर्ष निकालिएको छ ।
नारायणप्रसाद Narayanprasad पन्थ Pantha Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55188 Wed, 07 Jun 2023 00:00:00 +0000 थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55191
प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथामा तत्कालीन समाजको वर्गीयहितको अवस्था कस्तो थियो? भन्ने समस्यामा केन्द्रित रही विषयको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।यस लेखमा पुस्तकालयको प्रयोग गरेर प्राथमिक र द्वित्तीयक सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणका निम्ति निगमनात्मक विधि र तथ्यको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । “थैले खत्रीको इतिहास” कथामा वर्गीय रूपमा उच्च र निम्न वर्गले आफ्नो वर्गीय हितका लागि काम गरेका छन् । कथामा उच्च वर्गले शोषण,अत्याचार, स्वेच्छाचारिता र हैकमको संरक्षण गर्न कुटिलता, षड्यन्त्र र दमनको सहारा लिएको र निम्न वर्गले न्यायपूर्ण सङ्घर्ष र अस्त्रको सहायताले आफ्नो वर्गीय हित स्थापित गर्नेप्रयास गरेको छ । उच्च वर्गको परम्परावादी, शोषक रस्वेच्छाचारी चरित्र तथा राज्यसत्ताको दमनकारी प्रवृत्तिको उद्घाटन गर्ने यो कथा निम्न वर्गको वर्गीय हितको चित्रणका दृष्टिले सशक्त देखापर्छ ।
ईश्वरा Ishwara पौडेल Poudel Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55191 Wed, 07 Jun 2023 00:00:00 +0000 युद्धसाहित्यको अभिव्यञ्जनः अफगानी रणमैदान {Expression of War: Afghani Radamaidan} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55209
प्रस्तुत अनुसन्धानमूलक लेख ‘अफगानी रणमैदान’ उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । नेपाली साहित्यमा कवि तथा नियात्राकारको रूपमा परिचय बनाएका केदार सङ्केतको यस उपन्यासमा युद्धलाई विषय बनाइएको छ । स्वयं लेखक सैनिक पेसामा संलग्न रहेको र युद्धमा आफूले भोगेका र अनुभव गरेका विषयलाई प्रस्तुत गरेर लेखिएकोले यो उपन्यास युद्धसाहित्यको दस्तावेजका रूपमा देखापरेको छ । औपन्यासिक संरचनाका दृष्टिले नवीनप्रयोगका रूपमा प्रस्तुत भएको यस उपन्यासमा युद्धजन्य विभीषिका, युद्धको मनोविज्ञान, सैन्य मनोविज्ञान, सैन्यगतिविधि, जीवनचर्या, वाध्यता, अवसर र चुनौति आदि अनेक विषयहरू प्रस्तुत गरिएको छ । युद्धबाट अवकाश प्राप्तगरेका सैनिकहरूलाई पुनः करार गरी विभिन्न मिसनमा संलग्न गराउने पच्छिमा शक्तिराष्ट्रहरूको योजना र त्यसका लागि सेनाका पूर्व लडाकुहरूलाई संपर्क गरी पुनः युद्धमा संलग्न गर्ने अभियान अन्तर्गत स्वयं लेखक म पात्र र भारतीय, नेपाली, बेलायती लगायतका विभिन्न देशका सेनाका पूर्वलडाकुहरूलाई करारमा नियुक्त गरी अफगानिस्तानको काबुलमा खटाइएको विषय उपयास मा प्रस्तुत गरिएको छ । उनीहरूले त्यहाँ लामो समयसम्म शान्ति सुरक्षाका निम्तिगरेको कामलाई उपन्यासको विषय बनाइएको छ । युद्धमा संलग्न केही सेना, उनीहरूले प्रयोग गरेका हातहतियार, नक्सा,मार्गचित्र, युद्धस्थल आदिलाई समेत परिशिष्टमा समावेश गरेर अधिक यथार्थसम्मत तुल्याइएको प्रस्तुत उपन्यास युद्धकोयथार्थचित्रण गरिएको कृति हो । अतः यस अनुसन्धानमूलक समालोचनात्मक लेखमा प्रस्तुत उपन्यास ‘अफगानीरणमैदान’ लाई युद्धसाहित्यको सैद्धान्तिक अवधारणाका आधारमा विश्लेषण गरी कृतिको सौन्दर्य निरूपण गरिएको छ ।
शंकरप्रसाद Shankarprasad गैरे Gairhe Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55209 Wed, 07 Jun 2023 00:00:00 +0000 'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा https://www.nepjol.info/index.php/kaladarpan/article/view/55210
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्तिहरू र तिनको अवस्था तथा अनुभूतिलाई डायास्पोरा भनिन्छ । टाँकीका  फूलहरू कथा सङ्ग्रहमा यस प्रकारको डायास्पोराको अवस्था के कस्तो रहको छ भन्ने समस्यालाई मूल समस्या कथनका रूपमा लिई सो अनुरूप उक्त कथा सङ्ग्रहमा निहित डायास्पोरा प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त सङ्ग्रहका कथाहरूमा व्यक्त डायास्पोराको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै अन्य कृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत सहयोग पुग्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस कथा सङ्ग्रहका कथाहरूमा प्रस्तुत डायास्पोरा प्रयोगको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत कृतिमा डायास्पोराको अवस्था पत्ता लगाउनका लागि यहाँ जीवन भोगाइ र कष्टकर आप्रवासी पीडा; अतिव्यस्त जीवन; अस्तित्वको खोजी; एकान्तपन, स्वदेशप्रेम, स्वदेशको स्मरण तथा स्वदेशीपनप्रतिको अनुराग; संस्कृति मिश्रण र सांस्कृतिक विचलन (द्वैध संस्कृति); असुरक्षाभय, चिन्ता,विच्छिन्नता; नयाँ परिवेश र त्यसको प्रभाव; विभाजित मानसिकता वा द्वैधवृत्ति; भाषिक जटिलता; सीमान्तीयता रमानसिक सङ्घात जस्ता सूचकहरू तय गरी यिनका आधारमा कृतिको विश्लेषण गरिएको छ । यसरी गरिएको विश्लेषणबाट प्रस्तुत कथा सङ्ग्रहमा समाविष्ट कथाहरू डायस्पोरा प्रयोगका दृष्टिले समृद्ध बनेका छन् भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।
यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55210 Wed, 07 Jun 2023 00:00:00 +0000 'युद्धविराम जिन्दावाद’ कथामा : विश्वदृष्टि {Worldview in the story "Yuddha Biram Zindabad"} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55211
प्रस्तुत लेख महेशविक्रम शाहको ‘युद्धविराम जिन्दावाद’ कथामा विश्वदृष्टिसँग सम्बन्धित छ । कथाको अध्ययनसँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरूमध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त हो विश्वदृष्टि । यस सिद्धान्त अन्तर्ग साहित्यिक रचनाका विषयवस्तुलाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यसलाई साहित्यको समालोचनाको नवीन र प्रचलित पद्धतिका रूपमा लिइन्छ । यस लेखमा गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यतामा केन्द्रित भई कृतिको अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टि नै विश्वदृष्टि हो ।यसको विकास कुनै समूह वा वर्गले सामाजिक ऐतिहासिक प्रक्रियामा गर्छ । स्रष्टाका माध्यमबाट रचनामा सामाजिक विम्बप्रकट हुन्छ । कृतिको संसार र वाह्य संसारका घटनाक्रम समानता भई समान चेतनाको प्रवाह हुन्छ । यो नै संरचनाको समानधर्मिता हो र त्यसको जगमा निर्माण भएको सामूहिक विचार नै विश्वदृष्टि हो भन्ने मान्यता गोल्डमानको रहेकोछ । प्रस्तुत कथामा नेपालको राजनैतिक इतिहासमा दशवर्षे जनयुद्धका नामबाट परिचचालित द्वन्द्वकालीन समयको घातप्रतिघातलाई समेटिएको हुनाले यस लेखमा कथामाके कस्तो विश्वदृष्टि प्रस्तुत भएको छ र कथामा प्रस्तुत भएकोसामाजिक संरचना र नेपाली समाजको संरचनासँग के कति समानधर्मीता छ भनेर खोजी गरिएको छ । यसमा शीर्षकीय समस्याको समाधानसँग समबन्धित सम्पूर्ण सामग्रीहरू प्राथमिक र द्वितीयक श्रोतबाट सङ्कलन गरिएको छ । यसमा युद्धविराम जिन्दावाद कथालाई प्राथमिक श्रोत र विश्वदृष्टिसँग सम्बन्धित अन्य अध्ययन अनुसन्धान, समालोचना र सैद्धान्तिक सामग्रीलाई द्वितीयक सामग्रिको रुपमा उपयोग गरिएको छ । सामग्री सङ्कलनको मूख्य आधार पुस्तकालयलाई बनाइएकोछ । सङ्कलित सामग्रीहरुलाई विश्लेषण गर्ने आधारका रूपमा साहित्यका समाजशास्त्री लुसियाँ गोल्डमानको विश्वदृष्टिसम्बन्धी मान्यतालाई लिइएको छ । यही सैद्धान्तिक मान्यताका आधारमा प्रस्तुत कथामा विश्वदृष्टि र समानधर्मिताको गहन अध्ययन पठन तथा वस्तुगत विशलेषण गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए. पि.ए. पद्धतिको प्रयोग गरिएको छ ।
लतादेवी Latadevi पौडेल Poudel Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55211 Wed, 07 Jun 2023 00:00:00 +0000 नीरवताको सौन्दर्यशास्त्रका आधारमा ‘प्रिय मौनता’ को विश्लेषण {Analysis of 'Priya Maunata' on the basis Nirawata’s Beauty of silence} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55213
प्रस्तुत लेखमा नीरवताको सौन्दर्यशास्त्रका आधारमा नेत्र एटमद्वारा रचित ‘प्रिय मौनता’ उपासना कवितासङ्ग्रहका कविताको विश्लेषण गरिएको छ । नीरवताको सौन्दर्यशास्त्र साहित्य सृजनामा नीरवता वा मौनताको महत्त्व तथा गरिमा र साहित्यिक कृतिमा चित्रित मौनतासम्बन्धी प्रस्तुतिको विश्लेषणमा केन्द्रित हुन्छ । यस अध्ययनमा नीरवताको सौन्दर्यशास्त्रसम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा प्रस्तुत कविता सङ्ग्रहका कवितामा चित्रित मौनता र यसको महत्त्व तथा गरिमा सम्बन्धी प्रस्तुतिको विश्लेषण गरिएको छ । मौनताको उपासनामा केन्द्रित प्रस्तुत कविता सङ्ग्रहका कवितामा मौनतामा अचेतनको अभिव्यञ्जनाका साथै व्यक्ति वा सर्जकको आत्मविस्फोट हुने र सबाल्टर्न जीवनको अभिव्यञ्जना तथा जीवनको अन्तर्यात्रा पनि सम्भव हुन्छ भन्ने प्रस्तुति पाइन्छ । प्रस्तुत अध्ययन ‘प्रिय मौनता’ का कवितामा अचेतनको अभिव्यञ्जना तथा आत्म विस्फोट, सबाल्टर्न जीवनको अनुगुञ्जन र जीवनको अन्तर्यात्रा सम्बन्धी केकस्तो प्रस्तुति पाइन्छ भन्ने समस्यामा केन्द्रित छ । यसर्थ प्रस्तुत अध्ययनको उद्देश्य ‘प्रिय मौनता’ का कवितामा अचेतनको अभिव्यञ्जना तथा आत्मविस्फोट, सबाल्टर्न जीवनको अनुगुञ्जन र जीवनको अन्तर्यात्रा सम्बन्धी प्रस्तुति पहिल्याउनु हो । यसमा पुस्तकालयीय पद्धतिबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ र नीरवताको सौन्दर्यशास्त्रीय अध्ययनका लागि सैद्धान्तिक ढाँचा तयार गरेर निगमन विधिबाट विश्लेषण गरी प्रस्तुत कवितासङ्ग्रह नीरवताको सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट हेर्दा मौनताको अभिव्यञ्जना गर्न सफल र सबल बन्न पुगेको निष्कर्ष निकालिएको छ ।

निमग्ना Nimagna घिमिरे Ghimire Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55213 Wed, 07 Jun 2023 00:00:00 +0000 कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55218
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर्ने दृष्टिकोण र त्यसबाट यो वर्ग सीमान्तकृत अवस्थामा पुग्न बाध्य हुन पुगेको सन्दर्भलाई प्रमुखताका साथ उठाइएको छ । आर्थिक अवस्था दयनीय भएको कारण अरूको खेतमा काम गर्न बाध्य छन् । निम्नवर्गीय आर्थिक स्थितिका कारणले दारुण जीवन बाँच्न विवश पात्रहरूले राम्रो लगाउन त के भरपेट खानसम्म पाएका छैनन् । सामाजिक संरचनाको निर्माणमा प्रभुत्वशाली वर्ग नै आफू अनुकूलको सामाजिक संरचना निर्माण गरेको हुनाले सीमान्त वर्गलाई किनारामा पुर्याइएको कुरालाई प्रस्तुत कथाले उजागर गरेको छ । कथामा प्रभुत्वशाली वर्ग र सीमान्तवर्ग बिचमा द्वन्द्व उत्पन्न भएको छ । यही द्वन्द्वका कारण सीमान्तवर्गले प्रतिरोध स्वरुप आवाज उठाउँदा यातनाबाट अपाङ्ग बन्नु परेको र अन्ततः अज्ञात मृत्युवरण गर्नु परेको कुराले कथा मार्मिक र दुःखान्त समेत बन्न पुगेको छ । यस कथामा मूलतः तत्कालीन समाजव्यवस्थाले हलि (कमैया)को सज्ञा दिएको कदमलाललाई केन्द्र बनाएर सामन्तवादी समाज व्यवस्था र त्यसका आडमा हुने गरेको शोषण, दमन, अन्याय, अत्याचारलाई कारुणिक रूपमा प्रस्तुत गरेको छ । यस कथाको विश्लेषण पनि वर्गीय सीमान्तीयताको कोणबाट भएको छ । कदमलाल ततमाको गीत कथाले सीमान्तकृतहरूको अवस्थाको चित्रण गरेको छ । वर्गीय सीमान्तीयताको आधारमा ‘कदमलाल ततमाको गीत’ कथाको विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मूल उद्देश्य हो ।

{The research article presented by Rishiraj Baral is associated with the study of the marginalized communities depicted in the story 'Kadamlal Tatmako Geet'. In the story, the upper and elite of the society should take the point of view of the lower class and the group who are bound by the marginalized state. Due to the poor economic condition, the work of the field is bound to be done. Due to the lower class economic condition, the poor life was forced to plant ramro in the neighboring house. The dominant class is not very favorable in the construction of social structure; the leadership of the marginal class of social structure is exposed to the story presented by the AIA.}
मीरा Meera शाही Shahi Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55218 Wed, 07 Jun 2023 00:00:00 +0000 माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान {Knowledge on menstruation among the girls of secondary school} https://www.nepjol.info/index.php/kaladarpan/article/view/55242
माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान शीर्षकमा तयार पारिएको योलेखको मुख्य उद्देश्य छात्राहरूमा महिनावारी र शिक्षाको वर्तमान अवस्था पत्ता लगाउने रहेको थियो । प्रदेश नं. ५ मा रहेका तराईका ४ जिल्ला तथा पहाडका ४ जिल्लाका माध्यमिक विद्यालय खासगरी कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरू यस अध्ययनको कूल जनसंख्या हुन् । उपयुक्त कूल जनसंख्यामध्येबाट उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी जम्मा ३२ वटा सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूमध्ये र्यान्डम नमूना छनौट विधिको प्रयोग गरी कुल जम्मा ७६२ जना छात्राहरू यस अध्ययनको नमुना जनसंख्यामा परेका थिए । तथ्याङ्क सङ्कलनको लागि प्रश्नावलीलाई मुख्य साधनको रूपमा प्रयोग गरिएको थियो भने आवश्यकता अनुसार समूह केन्द्रित छलफल FGD पनि संचालन गरिएको थियो । महिनावारीको सम्बन्धमा तराईमा ५९ प्रतिशत र पहाडमा ५१ प्रतिशत छात्राहरूले आमाबाट ज्ञान लिने गरेको पाइयो । भने शिक्षक शिक्षिकाबाट ज्ञान लिनेको प्रतिशत २१ मात्र पाइयो । महिनाबारीको समयमा सबैभन्दा धेरै ८५.१६प्रतिशत तल्लो पेट दुख्ने र दोस्रो नम्बरमा ५३.११ प्रतिशत कम्मर दुख्ने लक्षण उत्तरदातामा पाइयो । महिनावारी हुने कारण सम्बन्धी उत्तरदाताको ज्ञान परीक्षण गर्दा ७० प्रतिशत छात्राहरूमा सही ज्ञान भएको पाइयो । भने ५ प्रतिशत छात्राहरूले पूर्वजन्मको पाप वा देवी देउताको श्रापको कारण महिनावारी हुने कुरा वताएका थिए ।अण्ड निष्काशनको समयावधि सम्बन्धी ज्ञान परीक्षण गर्दा ६२ प्रतिशत छात्राहरूलाई कुनै ज्ञान नभएको पाइयो । महिनावारीको समयमाआउन सक्ने जटिलताहरू सम्बन्धमा उत्तरदाताको ज्ञान परीक्षण गर्दा ७१ प्रतिशतले योनीमार्ग र पाठेघरमा संक्रमण हुने कुरा बताए भने १४ प्रतिशतले अण्डाशय र पाठेघरमा क्यान्सर हुनसक्छ भनी बताए । महिनाबारीको समयमा छुट्टै बस्नुपर्ने वा नछोइने कारण सम्बन्धमा उत्तरदाताको ज्ञानको परीक्षण गर्दा ४४.२ प्रतिशतले कुनै वैज्ञानिक कारणनभएकोले छुट्टै बस्नु आवस्यक छैन भनी सही जवाफ दिए भने १३.२ प्रतिशतले धार्मिक विश्वासअनुसार छुट्टै बस्नु उचित हो भनेका थिए ।
खिमानन्द Khimananda भण्डारी Bhandari Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55242 Wed, 07 Jun 2023 00:00:00 +0000 Fighting Against the Fate in John Green’s The Fault in Our Stars https://www.nepjol.info/index.php/kaladarpan/article/view/55244
The paper is about the existential battle of Hazel Grace Lancaster and Augustus in John Green’s The Fault in Our Stars. They show their optimistic behavior against pessimistic situation. There is the feeling of confidence and sense of optimism in the characters against the dark situation of their lives. The main focus of this study is to explore how the characters in the novel embrace sense of optimism despite their terminal illness. In doing so this paper applies, Jean Paul Sartre’s theory of existentialism as the tool of analyses. It mainly revolves around how Hazel chooses life than death despite adverse situation to assert her existence illness.
Damodar Bhusal Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55244 Wed, 07 Jun 2023 00:00:00 +0000 Passengers' Perceptions Towards Air-Conditioned Buses in Nepal https://www.nepjol.info/index.php/kaladarpan/article/view/55247
In order to promote social and environmental causes, bus services are extremely important. In order to raise productivity, promote economic growth, and improve access to mar- kets and services, transportation infrastructure and services should be expanded. This includes the creation of air-conditioned buses. The objective of the study is to understand how passengers feel about traveling in air-conditioned buses in Nepal. The descriptive type of research methodology was used to conduct the study. Reliability, responsibility, empathy, tangibility, and assurance are the five aspects used to evaluate a company's performance in providing services. Majority of respondents were dissatisfied with bus crew's ability to provide accurate bus arrival times and an- swer questions. 83.33 % of respondents replied that chairs of buses are comfortable to sit on. Re-garding safe traveling and trustworthiness many of the respondents are satisfied with the bus staff.
Pramshu Nepal Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55247 Wed, 07 Jun 2023 00:00:00 +0000 The Catalyst of Social Change: Women in Historical Market Dynamics https://www.nepjol.info/index.php/kaladarpan/article/view/55263
The market is the most imperative dynamic in the world history. Market dynamics play a major and vital role in both the growth and collapse of society. Every society survives with the characteristic of its market. Society is classified according to the characteristics of the market. The importance of the market in studying the rise, growth, crisis, and transformation of society has not been given adequate space in academia. However, it is difficult to understand the historical reason for the growth of society, transformation process, and change by neglecting the market dynamics, which is one of the crucial factors for the transformation of society. Thus, this article tries to illustrate the role of the market in the growth and transformation of society.
Sudeep Singh Nakarmi Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55263 Wed, 07 Jun 2023 00:00:00 +0000 A Study on Flett’s Mean Value Theorem https://www.nepjol.info/index.php/kaladarpan/article/view/55264
The aim of this study is to evaluate the parallels between the results of Flett's Mean Value Theorem, Lagrange's Mean Value Theorem, and Rolle's Theorem, as well as their geometrical significance. It also covers Thomas M. Flett's 1958 Mean Value Theorem of Differential and Integral Calculus and its various extensions. We intend to present a thorough analysis of various (existing as well as new) adequate conditions for this theorem's validity because it is a topic of interest in many areas of mathematics, including functional equations.
Thaneshor Bhandari Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55264 Wed, 07 Jun 2023 00:00:00 +0000 Teachers' Professional Development at Public Campuses in Nepal: Policies and Practices https://www.nepjol.info/index.php/kaladarpan/article/view/55268
Teacher professional development (TPD) is the process of making teachers competent at applying the knowledge and skills they have attained in the classroom practice. TPD keeps academics up-to-date with the changing world and knowledge. The objective of this study was to explore policies and practices of teacher professional development in public campuses of Nepal. This study was qualitative approach with a phenomenological design. The participants of the study were three teachers of different public campuses of Rupendehi district selected purposively. The study revealed TPD policies as opportunities for teachers of public campuses deserve high consequence in the sense that they help teachers develop various kinds of professional skills, knowledge, new techniques of teaching. However, Public campuses are facing many challenges which include proper management TPD for faculties of their campuses and there is a gap between policies and practices in implementation of TPD in public campuses of Nepal.
Dinesh Panthee Copyright (c) 2079 https://www.nepjol.info/index.php/kaladarpan/article/view/55268 Wed, 07 Jun 2023 00:00:00 +0000