‘बन्धनबाट मुक्ति’ कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन {Marginalization and old age management in the story 'Freedom from bondage'}

Authors

  • सुरज Suraj पौडेल: Poudel Prithvi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/kdk.v2i1.43178

Keywords:

अपहेलना, आत्मसंयमता, तनाव, बुढ्यौली, व्यवस्थापन, संवादहीनता, सीमान्तीय, Contempt, restraint, stress, old age, management, lack of communication, Marginal

Abstract

प्रस्तुत ‘बन्धनबाट मुक्ति कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन’ शीर्षकको लेख शारीरिक अशक्ततागत सीमान्तीयताका कोणबाट ‘बन्धनबाट मुक्ति’ कथाको विश्लेषण गरी उक्त कथाका सापेक्षतामा बुढ्यौली व्यवस्थापनका उपायहरू सुझाउने उद्देश्यले तयार पारिएको हो । कथा विश्लेषण एवम् बुढ्यौली व्यवस्थापन सम्बन्धी आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त सूचना वा तथ्याङ्कलाई वर्णनात्मक तथा व्याख्यात्मक विधिको उपयोगगरी कथाको विश्लेषण गर्नुका साथै बुढ्यौली व्यवस्थापन सम्बन्धी उपायहरूलाई आलेखमा उल्लेख गरिएको छ ।राजेन्द्र विमल (२००३) द्वारा लिखित उक्त कथाको प्रमुख पात्र चोआलाल र उनकी पत्नीले जीवनको उत्तरार्धमा आफ्नै सन्तानबाट भोग्नु परेका पीडा र व्यथाहरूलाई उमेरगत सीमान्तीयताका कोणबाट केलाइएको छ ।केलाउँदा कथाका केन्द्रीय पात्र चोआलाल र उनकी पत्नीले आफ्ना सन्तानबाट घृणा, अपहेलना, संवादहीनता, एक्लोपन,अर्थ÷सम्पति हरणजस्ता विकराल समस्याहरू भोग्नु परेको पाइन्छ । कथाकै सापेक्षतामा बुढ्यौलीको असल व्यवस्थापनकालागि सक्रिय शारीरिक जीवन, स्वस्थ र सन्तुलित भोजन, तनाव व्यवस्थापन, सकारात्मक सोच र समान व्यवहार,सामाजिक र आध्यात्मिक सोच, आत्मसंयमता र आत्मसन्तुष्टि, सरसफाइमा ध्यान, अध्ययन र भ्रमणजस्ता उपायहरूसुझाइएको छ । सन्तानले आफ्नो भविष्यको परिकल्पना र बाबुआमाले आफ्नो विगतलाई स्मरण गर्ने हो भने मात्रै पनिकेही हद्सम्म वृद्ध अवस्थामा कुनै पनि बाबुआमा आफ्ना सन्तानबाट प्रताडित र अपहेलित हुनु नपर्ने निष्कर्ष लेखमाप्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
158
PDF
154

Author Biography

सुरज Suraj पौडेल: Poudel, Prithvi Narayan Campus, Pokhara

Department of Nepali Education

Downloads

Published

2022-02-16

How to Cite

पौडेल: Poudel स. S. (2022). ‘बन्धनबाट मुक्ति’ कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन {Marginalization and old age management in the story ’Freedom from bondage’}. Kaumodaki: Journal of Multidisciplinary Studies, 2(1), 119–130. https://doi.org/10.3126/kdk.v2i1.43178

Issue

Section

Articles