सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}

Authors

  • एकनारायण Ek Narayan पौड्याल Paudyal Department of Nepali, Birendra Multiple Campus, Tribhuvan University, Chitwan, Nepal

Keywords:

अन्तरलिङ्गी, तेस्र्रोलिङ्गी, द्विलिङ्गी, नारीसमलिङ्गता, पुरुषसमलिङ्गी

Abstract

मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो । नारीसमलिङ्गी भन्नाले शारीरिक वा मानसिक रूपले महिलासँग नै आकर्षित हुने महिला भन्ने बुझिन्छ । समलिङ्गी महिलालाई साहित्यकासन्दर्भमा नारीसमलिङ्गी भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गी महिलाका समस्याका बारेमा अध्ययन गरिएको छ । समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसको मनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुपर्ने सामाजिक समस्या के हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रहेको छ र यस समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत उद्देश्य प्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिका आधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमा समलिङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रति गर्ने व्यवहार असमान मात्र नभई अमानवीय समेत रहेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल रहेको बताइएको छ ।

Abstract
214
PDF
0

Author Biography

एकनारायण Ek Narayan पौड्याल Paudyal, Department of Nepali, Birendra Multiple Campus, Tribhuvan University, Chitwan, Nepal

Associate Professor

Downloads

Published

2023-02-05

How to Cite

सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}. (2023). Kaumodaki: Journal of Multidisciplinary Studies, 3(1), 46-57. https://doi.org/10.3126/kdk.v3i1.52114

Issue

Section

Articles

How to Cite

सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}. (2023). Kaumodaki: Journal of Multidisciplinary Studies, 3(1), 46-57. https://doi.org/10.3126/kdk.v3i1.52114