नेपाली उखानमा यौनको प्रयोग {The Use of Sex in Nepali Proverbs}
DOI:
https://doi.org/10.3126/kdk.v3i1.52120Keywords:
अवचेतन, कामवासना, कामेच्छा, यौनिक, हियोAbstract
‘नेपाली उखानमा यौनको प्रयोग’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाउँदै समाजमा उखानले पार्ने प्रभावमा केन्द्रित गरिएको छ । पुरुष र स्त्रीको मैथुन क्रियाकलापसँग सम्बन्धित कुरालाई यौन भनिन्छ । नेपाली समाजमा यौनिक विषयका मौलिक उखानहरू प्रचलनमा रहेको पाइन्छ । लोकसाहित्यको सैद्धान्तिक पृष्ठभूमिमा यौनसँग जोडिएका उखानलाई चिनाउँदै नेपाली समाजमा प्रचलित प्रतिनिधिमूलक उखानलाई अध्ययनको विषयक्षेत्र बनाइएको छ । पुस्तकालयबाट आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै आलेखलाई पूर्णता दिइएको हो । नेपाली जनजिभ्रामा भिजेका यौन विषयसँग जोडिएका मनोवैज्ञानिक उखानलाई सङ्कलन गरी विश्लेषण गर्ने कार्य व्यवस्थित नभएकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले यो अध्ययन अगाडि बढाइएको हो । पुरानो पुस्ताका व्यक्ति तथा अग्रज विद्वान्का कृतिबाट यौन मनोविज्ञानमा आधारित यौन आकर्षण, यौन अवचेतन, यौन कुण्ठा, यौन अभिव्यक्ति, यौन व्यवहार, यौन विकार आदि विषयहरू समेटिएका नेपाली उखानलाई सङ्कलनमा प्राथमिकता दिइएको छ । यौनको प्रयोग भएका उखानको विश्लेषण गर्नु यस आलेखको मुख्य उद्देश्य हो । बोलीचालीमा सीमित यौन विषयक नेपाली उखानलाई सङ्कलन गरी पाठकसामु पस्कनु र त्यस्ता उखानको खास प्रयोगक्षेत्र देखाउँदै विश्लेषण गर्ने कार्यमा नै यो आलेख केन्द्रित गरिएको छ । पितृसत्ताको मात, कामेच्छाको चाहना, यौनतृप्तिको प्रयास, कमजोरलाई हेप्ने प्रवृत्तिबाट यौन विषयक नेपाली उखानहरूको उद्भव भएको र नेपाली समाजमा मौलाएको प्रसङ्ग उल्लेख गर्दै मानव जीवनमा यौन महŒवपूर्ण कुरा हो भन्ने अध्ययनको निष्कर्ष छ ।
Downloads
15
23