जयभुँडी सङ्ग्रहका निबन्धमा आख्यानात्मकता {The Narratives in Jayabhundi, an Essay Collection}

Authors

  • एकनारायण Eknarayan पौड्याल Paudyal Department of Nepali, Birendra Multiple Campus, Tribhuvan University, Chitwan

DOI:

https://doi.org/10.3126/kdk.v4i1.64570

Keywords:

आख्यानात्मकता, गलबन्दी, जयभुँडी, सर्वांश, हास्यव्यङ्ग्य

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा परिचित भैरव अर्याल (१९९३–२०३३) को जयभुँडी (२०२२) मा सङ्गृहीत निबन्धहरूको आख्यानात्मकताका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत सङ्ग्रहमा दसवटा निबन्ध रहेका भए पनि आख्यानका दृष्टिले आठवटा मात्र विश्लेषणीय देखिएकाले आठवटा निबन्धको मात्र विश्लेषण गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा जयभुँडी सङ्ग्रहलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ भने आख्यानको मान्यतासँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । विश्लेषणात्मक विधिमा आधारित यस अध्ययनमा आख्यानयुक्त अंश उद्धरण गरी निबन्धको व्याख्या गरिएको छ । निबन्धमा प्रयोग गरिने आख्यान कथा र उपन्यासको जस्तो आद्यन्त पूर्ण नहुनेर यसलाई निबन्ध लेखनको एक शैलीका रूपमा मात्र प्रयोग गरिने हुँदा प्रस्तुत आलेखमा पनि यस किसिमको आख्यानात्मक शैलीले निबन्धलाई रोचक र प्रभावकारी बनाउन कस्तो भूमिका खेलेको छ भनी अध्ययन गरिएको छ । अध्ययनका क्रममा अर्यालका केही निबन्धमा आंशिक र केहीमा पूर्ण रूपमा आख्यानको प्रयोग गरिएको पाइएकोर आख्यानको मात्रा जति भए पनि उनका आख्यानात्मक शैलीमा लेखिएका प्रस्तुत सङ्ग्रहका निबन्ध पात्र, परिवेश, कथानक आदि दृष्टिले मौलिक, स्तरीय र रोचक भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
12

Downloads

Published

2024-04-09

How to Cite

पौड्याल Paudyal ए. E. . (2024). जयभुँडी सङ्ग्रहका निबन्धमा आख्यानात्मकता {The Narratives in Jayabhundi, an Essay Collection}. Kaumodaki: Journal of Multidisciplinary Studies, 4(1), 104–114. https://doi.org/10.3126/kdk.v4i1.64570

Issue

Section

Articles