ऋतुविचार काव्यमा प्रस्तुत अद्वैत चिन्तन {Vedantic Philosophy in Hrituvichar}

Authors

  • बोधराज Bodha Raj ढकाल Dhakal Department of Nepali, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

DOI:

https://doi.org/10.3126/kdk.v4i1.64572

Keywords:

पारमार्थिक, क्षणिकानन्द, निर्विशेष, विषयानुरागी, सत्याभास

Abstract

यस अनुसन्धानात्मक लेखमा प्रकृतिपरक काव्य ‘ऋतुविचार’मा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैत वेदान्त दर्शनका मूल्यमान्यताहरू प्रकृतिपरक भाव अँगालेको ऋतुविचारका कतिपय सन्दर्भमा प्रस्तुत भएका छन् । काव्यमा अद्वैत चिन्तन कसरी प्रस्तुत गरिएको छ? भन्ने समस्यालाइ साङ्गपाङ्ग रूपमा निरूपण गरी पुष्टि गर्नु यस लेखको उद्देश्य रहेकोछ । शङ्कराचार्यले अद्वैत वेदान्त दर्शनमा प्रस्तुत गरेको ब्रह्म सत्य हो; योभन्दा भिन्न केही छैन र ब्रह्मज्ञान विना मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने चिन्तनलाई यस खण्डकाव्यमा प्रस्तुत गरेको निष्कष् दिइएको छ । काव्यमा जीवभावका कारण जीवले व्यावहारिक सत्ता जगत्लाई सत्य मान्दा जीवका व्यवहारहरू प्रभावित हुने देखाइएको छ । मायाका कारण भ्रमित भई क्षणिक आनन्दको पछि लाग्दा सांसारिक विषयमोहमा परेर जीव बन्धनमा पर्ने काव्यमा उल्लेख छ । योग र वेद वाक्यबाट प्राप्त भएको तŒवज्ञानबाटै ब्रह्मसाक्षात्कार हुनेर जीवले मोक्ष प्राप्त गर्ने सन्दर्भ काव्यमा रहेको यस लेखमा निष्कर्ष दिइएको छ । पुस्तकालयीय कार्यका आधारमा प्राथमिक र द्वितीय स्रोतका सामग्री सङ्कलन गरी उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऋतुविचार’ काव्यलाई चयन गरिएको छ । अद्वैत वेदान्त चिन्तनका मूलभूत मान्यताहरूलाई विश्लेषणको आधार मान्दै काव्यांशहरूको दृष्टान्तमार्फत निगमनात्मक एवम् व्याख्या विधिका माध्यमबाट काव्यमा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए पद्धतिमा आधारित छ । जीवभावका कारण जीवमा परेको प्रभाव र ब्रह्मज्ञानपछि प्राप्त हुने मोक्ष चिन्तनजस्ता अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित चिन्तनहरू यस काव्यमा प्रस्तुत भएको यस लेखमा स्पष्ट पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
7

Downloads

Published

2024-04-09

How to Cite

ढकाल Dhakal ब. B. R. (2024). ऋतुविचार काव्यमा प्रस्तुत अद्वैत चिन्तन {Vedantic Philosophy in Hrituvichar}. Kaumodaki: Journal of Multidisciplinary Studies, 4(1), 128–137. https://doi.org/10.3126/kdk.v4i1.64572

Issue

Section

Articles