‘खेल’ कथाको समाजभाषिक विश्लेषण {Sociolinguistic Analysis of 'Khel'}

Authors

  • विष्णुप्रसाद Bishnu Prasad शर्मा Sharma Department of Nepali Education, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

DOI:

https://doi.org/10.3126/kdk.v4i1.64574

Keywords:

भाषिक समुदाय, भाषिका, लैङ्गिक, समाज भाषा वैज्ञानिक, सांस्कृतिक

Abstract

समकालीन कथाकार रामलाल जोशीद्वारा लिखित ‘खेल’ कथालाई बहुलवादी कोणबाट हेर्न सकिन्छ । यस सन्दर्भमा प्रस्तुत कथालाई यहाँ समाज भाषा वैज्ञानिक प्रतिमानका आधारमा विश्लेषण गरिएको छ । ‘खेल’ कथालाई समाज भाषा वैज्ञानिक कोणबाट निरूपण गर्न प्रस्तुत अध्ययनको उद्देश्य हो । यसका लागि गुणात्मक कृतिपरक अनुसन्धान ढाँचा, व्याख्यावादी दर्शन र समाजभाषिक सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई समाज भाषा वैज्ञानिक सिद्धान्तका आधारमा निरूपण गरिएको छ । भाषिक समुदाय, बोलीको जातित्व, भाषा र समाजको सम्बन्ध, कोड मिश्रण, सांस्कृतिकता, भाषिका आदि तथ्याङ्क विश्लेषणका आधार हुन् । प्राप्त तथ्याङ्कका आधारमा कथामा सुदूर पश्चिमेली भाषिक समुदायको प्रतिबिम्बन पाइन्छ । सामाजिक संरचनाको प्रभाव भाषामा भेटिन्छ । भाषामा नातासम्बन्धी विविधता र भाषिक व्यवहारगत अनेकताको स्वरूप देखिन्छ । खुसीले उफ्रँदा, कराउँदा, रिसाउँदा, प्रश्न गर्दा, धिक्कार्दा, उपदेश दिँदा भाषामा सामाजिक प्रभाव भेटिन्छ । कथामा बाल, वयस्क, ग्रामीण, मौलिक, स्थानीय भाषाको विविधता भेट्न सकिन्छ । स्थानीय संस्कृति र त्यसको भाषिक प्रभावले कथा जीवन्त बन्न पुगेको छ । यिनै आधारमा नेपाली कथाको विकास यात्रामा प्रस्तुत कथाले विशिष्ट पहिचान कायम राख्न सफल देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
12

Downloads

Published

2024-04-09

How to Cite

शर्मा Sharma व. B. P. (2024). ‘खेल’ कथाको समाजभाषिक विश्लेषण {Sociolinguistic Analysis of ’Khel’}. Kaumodaki: Journal of Multidisciplinary Studies, 4(1), 138–148. https://doi.org/10.3126/kdk.v4i1.64574

Issue

Section

Articles