पिकदूत खण्डकाव्यमा अलङ्कारविधान {Literary Ornamentation in Pikdoot}

Authors

  • एकनारायण Ek Narayan पौड्याल Paudyal Department of Nepali, Birendra Multiple Campus, Chitwan, Nepal

Keywords:

अर्थालङ्कार, छेकानुप्रास, शब्दालङ्कार, सम्प्रदाय, सूचक

Abstract

प्रस्तुत लेख मोतीराम भट्टकृत पिकदूत खण्डकाव्यमा अलङ्कारविधानको अवस्थालाई केलाउने सन्दर्भमा केन्द्रित छ । संस्कृत साहित्यका मुख्य सिद्धान्तहरूमध्ये अलङ्कार सिद्धान्त एक हो । अलङ्कारलाई साहित्यको शोभाकारक तŒवका रूपमा लिइन्छ । पिकदूत खण्डकाव्य छोटो आकारको भइकन पनि अलङ्कारविधानका दृष्टिले महत्त्वपूर्ण रहेको र यसअघि प्रस्तुत सिद्धान्तलाई आधार बनाई अध्ययन नगरिएकाले यो विषयशीर्षक चयन गरिएको हो । प्रस्तुत खण्डकाव्यमा केकति प्रकारका अलङ्कार प्रयोग भएका छन्र प्रयुक्त अलङ्कारहरूले काव्यलाई सुन्दर बनाउन कस्तो भूमिका खेलेका छन् भन्ने मुख्य समस्याको प्राज्ञिक समाधान खोज्ने उद्देश्यले यो लेख तयार प्रस्तुत लेख मोतीराम भट्टकृत पिकदूत खण्डकाव्यमा अलङ्कारविधानको अवस्थालाई केलाउने सन्दर्भमा केन्द्रित छ । संस्कृत साहित्यका मुख्य सिद्धान्तहरूमध्ये अलङ्कार सिद्धान्त एक हो । अलङ्कारलाई साहित्यको शोभाकारक तŒवका रूपमा लिइन्छ । पिकदूत खण्डकाव्य छोटो आकारको भइकन पनि अलङ्कारविधानका दृष्टिले महत्त्वपूर्ण रहेको र यसअघि प्रस्तुत सिद्धान्तलाई आधार बनाई अध्ययन नगरिएकाले यो विषयशीर्षक चयन गरिएको हो । प्रस्तुत खण्डकाव्यमा केकति प्रकारका अलङ्कार प्रयोग भएका छन्र प्रयुक्त अलङ्कारहरूले काव्यलाई सुन्दर बनाउन कस्तो भूमिका खेलेका छन् भन्ने मुख्य समस्याको प्राज्ञिक समाधान खोज्ने उद्देश्यले यो लेख तयार पारिएको हो। सो उद्देश्य पूरा गर्नका लागि प्राथमिक सामग्रीका रूपमा पिकदूत खण्डकाव्यलाई लिइएको छ भने अलङ्कारको सैद्धान्तिक अवधारणा स्पष्ट पार्नका लागि र विश्लेषण गर्नका लागि द्वितीयक स्रोतसामग्रीको उपयोग गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा अलङ्कार सिद्धान्तको आधार लिई व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिका माध्यमबाट पिकदूत खण्डकाव्यको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा प्रस्तुत काव्यमा अनुप्रास, काव्यलिङ्ग, स्वभावोक्ति, विषम, समासोक्ति, अतिशयोक्ति, स्मृति, उपमा आदि अलङ्कार विशेष रूपमा प्रयोग भएको पाइएको छ । यस खण्डकाव्यमा प्रयोग भएका अलङ्कारलाई हेर्दा विवेच्य खण्डकाव्य अलङ्कारविधानका दृष्टिले स्तरीय, रोचक र प्रभावकारी भएको निष्कर्ष निकालिएको छ। 

Abstract
159
pdf
0

Downloads

Published

2025-01-07

How to Cite

पिकदूत खण्डकाव्यमा अलङ्कारविधान {Literary Ornamentation in Pikdoot}. (2025). Kaumodaki: Journal of Multidisciplinary Studies, 5(1), 93-102. https://doi.org/10.3126/kdk.v5i1.73654

Issue

Section

Articles

How to Cite

पिकदूत खण्डकाव्यमा अलङ्कारविधान {Literary Ornamentation in Pikdoot}. (2025). Kaumodaki: Journal of Multidisciplinary Studies, 5(1), 93-102. https://doi.org/10.3126/kdk.v5i1.73654