विरहिणी दमयन्ती कथामा रैखिक कथानकीय ढाँचा र एकल पात्रीय पद्धतिको प्रयोग

Authors

DOI:

https://doi.org/10.3126/kdk.v6i01.90144

Keywords:

अन्य सङ्कटावस्था, अभिमुखीकरण, चरमोत्कर्षता, सङ्घर्षविकास, सङ्घर्षह्रास

Abstract

प्रस्तुत लेखमा कथानकको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा मदनमणि दीक्षितद्वारा लिखित ‘विरहिणी दमयन्ती’ कथाको कथानकनिर्मितिमा अवलम्बित पद्धतिको अध्ययन गरिएको छ । ‘विरहिणी दमयन्ती’ कथाको कथानकनिर्मितिमा प्रयुक्त रैखिक कथानकीय ढाँचा र एकल पात्रीय पद्धति पहिल्याउनाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी कथानकको सैद्धान्तिक पर्याधारलाई आधार बनाई गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्ण बनाइएको छ । रैखिक कथानकीय ढाँचागत पद्धतिको प्रयोग तथा कथानकनिर्मितिमा एकल पात्रीय पद्धतिको प्रयोग गरी दुईओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको मूल्याङ्कन यस लेखमा गरिएको छ । यस लेखको अन्त्यमा रैखिक कथानकीय ढाँचा र एकमात्र पात्रको सर्वोपरिताका माध्यमबाट यस कथाको कथानकनिर्मिति गरिएको एवम् उक्त पद्धतिको प्रयोगले प्रस्तुत कथाको कथानक सुगठित, एकान्वितिपूर्ण, प्रभावकारी, जीवन्त र कलात्मक बनेको, यस्तो कथानकको निर्मिति गर्ने विशिष्ट सिर्जनात्मक सामर्थ्य कथाकार मदनमणि दीक्षितमा निहित रहेको तथा कथाकारलाई एकल पात्रको केन्द्रीयतामा कथाको कथानकको निर्मिति, समालोचक र अध्येतालाई उक्त कथानकीय पद्धतिको केन्द्रीयतामा कथाको कथानकको अध्ययन एवम् मान्छे सकारात्मकता, जीवनमूलप्रवृत्ति र लोककल्याणकारी विचारबाट अभिप्रेरित हुनुपर्ने विमर्श प्रवाहित गर्ने कार्यमा सघाउने निष्कर्ष प्राप्त भएको छ । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2026-01-28

How to Cite

बरई Barai त. T. (2026). विरहिणी दमयन्ती कथामा रैखिक कथानकीय ढाँचा र एकल पात्रीय पद्धतिको प्रयोग. Kaumodaki: Journal of Multidisciplinary Studies, 6(01), 143–156. https://doi.org/10.3126/kdk.v6i01.90144

Issue

Section

Articles