रहर कवितामा प्रतीक विधान {Symbolism in The Poetry Rahar}
DOI:
https://doi.org/10.3126/kj.v4i1.86143Keywords:
प्रतीक, विधान, उजिल्याउनु, चमत्कार, अर्थवानAbstract
प्रस्तुत अध्ययनको मुख्य उद्देश्य स्वच्छन्दतावादी तथा प्रगतिवादी कवि हरिभक्त कटुवालको रहर कवितामा प्रयुक्त प्रतीकको विश्लेषण गर्नु रहेको छ । उक्त कवितामा के, कस्ता र कति प्रतीक प्रयोग गरिएका छन् तिनको खोज गरिएको छ । यस अध्ययनमा उक्त प्रतीकको समुचित प्रयोगले कवितालाई अर्थवान, चमत्कारपूर्ण र जादुमय बनाउन के, कस्तो भूमिका खेलेको छ भन्ने कुराको खोज गरिएको छ । कवि कटुवालका धेरै कविताहरूमध्ये रहर कवितामा प्रयुक्त प्रतीकको मात्र अध्ययन गरिएको छ । लेखमा द्वितीय सामग्री र तथ्याङ्कहरू सङ्कलन गरी प्राप्त सामग्रीको व्याख्या विश्लेषण गरिएको छ । यसमा प्रतीकको सामान्य परिचय दिएर तिनका प्रतीकात्मक अर्थमाथि चर्चा गरिएको छ । प्रस्तुत कविता प्रतीकको प्रभावकारी प्रयोगले उत्कृष्ट बनेको छ । यसमा प्रयुक्त प्रतीकले कवितालाई स्तरीय, रोचक र अर्थवान बनाएको छ । कवितामा प्रयुक्त प्रतीकले अर्थमा चमत्कार र जादु ल्याएको छ भन्ने यस लेखको निष्कर्ष रहेको छ ।