लिम्बू जातिमा धाननाच {Dhaan Naach in Limbu Caste}
DOI:
https://doi.org/10.3126/kj.v4i1.86144Keywords:
ख्याली, तुम्याहाङ, पालाम, फेदाङ्मा, मुन्धुम, याःलाङAbstract
यस अध्ययनमा लिम्बू जातिको संस्कृतिमा पर्वका रूपमा मनाइँदै आएको याःलाङ (धाननाच) को विकासक्रम, गायन प्रक्रिया र भावको खोजी गरिएको छ । यो गुणात्मक अनुसन्धान भएको हुँदा पुस्तकालयीय विधिबाट सामग्री सङ्कलन गरी व्याख्या र विश्लेषण गरिएको छ । याःलाङ नाच्नुभन्दा पहिले ख्याली प्रस्तुत गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो-सम्बन्धले छोएमा याःलाङमा सहभागिता बर्जित छ भने साइनो नलागेमा मात्र पालामका साथ याःलाङ नाचिन्छ । लिम्बू जाति संस्कृतिका विद्वानहरूको मतलाई प्रथम र द्वितीय स्रोत मानी सैद्धान्तिक अवधारणाका साथ लिम्बू जातिमा याःलाङको विशेष महत्त्व भएको निष्कर्ष निकालिएको छ ।