समकालीन कवितामा जातीय प्रतिनिधित्व (Caste Representation in Contemporary Poems)

Authors

  • अनिल Anil अधिकारी Adhikari

Keywords:

संस्कृति, सांस्कृतिकता, दलित प्रतिनिधित्व, सत्ता–अधीनस्थता, दलित पहिचान, प्रभुत्व

Abstract

प्रस्तुत अनुसन्धान समकालीन नेपाली कवितामा प्रतिनिधित्वसम्बद्ध रहेको छ । प्रस्तुत अनुसन्धानमा समकालीन, नेपाली कविता र प्रतिनिधित्व मुख्य विषय भए पनि कवितामा जातीय प्रतिनिधित्व अन्तर्गत दलित प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । समकालीन नेपाली कविता वर्तमानको युगचेतनाको प्रतिबिम्बन, ज्ञानविज्ञानका विविध क्षेत्र, परिवर्तित सामाजिक–राजनीतिक सन्दर्भ तथा अभ्यासका आधारमा उठेका वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय, स्थानीय, भाषिक, परम्परागत संस्कृतिको प्रतिनिधित्व भएका समावेशी आवाज प्रस्तुत गर्ने माध्यम भएको छ । सैद्धान्तिक आधार सांस्कृतिक प्रतिनिधित्व तथा गुणात्मक अनुसन्धान पद्धतिमा गरिने यस अनुसन्धानमा कविताको पाठमा प्रस्तुत उद्धरणका आधारमा विश्लेषण गरिने हुँदा यो पाठविश्लेषणकेन्द्री अनुसन्धान हो भने यसको अर्थापनका लागि विश्लेषणात्मक विधिको प्रयोग भएको छ । सांस्कृतिक प्रतिनिधित्व भाषा र सङ्केतका रूपमा निर्माण भएका भाष्यले सामाजिक स्थितिलाई कसरी परिभाषित गरेको छ भन्ने सन्दर्भको खोजी गर्ने अध्ययनपद्धति हो । यसले भाषिक सङ्केतले सामाजिक विषयलाई कसरी र कुन रूपमा प्रस्तुत हुन्छ भन्ने पक्षको खोजी गर्दछ । यस सैद्धान्तिक आधारअन्तर्गत जातीय प्रतिनिधित्व, प्रभुत्वको प्रतिरोध र सत्ता–अधीनस्थता यस अनुसन्धानका विश्लेषण ढाँचा हुन् । जातीय प्रतिनिधित्व समकालीन नेपाली कविताको अन्तर्वस्तु बनेको छ भने यसप्रकारका रचनामा ब्राह्मणवाद निर्देशित जातिव्यवस्था रहेको नेपाली सामाजिक संरचनामा अल्पसङ्ख्यक जातीय समूहले बहुसङ्ख्यक समूहमाथि विचारधारात्मक दमन गरी अधीनस्थ तुल्याएको विषयप्रति प्रतिरोध प्रस्तुत भएको छ । नेपालको राष्ट्रियता निर्माणमा सबै जातिको समानान्तर भूमिका रहे पनि सत्ताका नाममा भएका उत्पीडनका कारण नेपाली सामाजिक संरचनामा दलित प्रतिनिधित्व, पहिचानका साथै जातिगत आधारमा हुने केन्द्र–किनारा सत्तासम्बन्ध प्रस्तुत भएको विषयमा विमर्श भएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2023-09-01

How to Cite

समकालीन कवितामा जातीय प्रतिनिधित्व (Caste Representation in Contemporary Poems). (2023). KMC Journal, 5(2), 316-339. https://doi.org/10.3126/kmcj.v5i2.58249

Issue

Section

Articles

How to Cite

समकालीन कवितामा जातीय प्रतिनिधित्व (Caste Representation in Contemporary Poems). (2023). KMC Journal, 5(2), 316-339. https://doi.org/10.3126/kmcj.v5i2.58249