कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction)

Authors

  • खगेन्द्र Khagendra घोडासैनी Ghodasaini

Keywords:

भाषा, अकरण, स्थानीय भाषा, मानकस्वरूप, प्रायोगिक भाषा

Abstract

प्रस्तुत अध्ययन कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने नेपाली भाषाको मानकीकरणको कार्यदिशा निर्माण गर्नमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपालीका भेदलाई मानकीकरण गरी भाषिक एकता कायम गराउने कार्यदिशा निर्माण गर्ने उद्देश्य र ‘यी प्रदेशका नेपाली भाषाको मानकीकरण के कसरी सम्भव छ त ढाँचाको लेख बन्न गएको छ । यी प्रदेशमा बोलिने भाषिका समूहलाई पश्चिमी भाषिका समूह, केन्द्रीय भाषिका समूह र भेरी क्षेत्रीय भाषिका समूह गरी मुख्य तीन भाषिका समूहमा विभाजन गरेर अध्ययन गरिएको प्रस्तुत पङ्तिकारको पूर्वाध्ययन र यस क्षेत्रलाई आधार बनाएर गरिएका पूर्वाध्ययनहरूलाई आधार मानी यिनको मानकीकरणका उपायहरू सुझाउने काम गरिएको छ । प्रायोगिक भाषाविज्ञानअन्तर्गतको भाषायोजनाभित्र पर्ने मानकीकरणको सिद्धान्तलाई यस लेखमा सैद्धान्तिक पर्याधार बनाइएको छ । प्रत्येक भाषाको मानकीकरण गर्न उक्त भाषाको अत्यधिक प्रयोगमा जोड दिनुपर्छ। भाषाको जति धेरै प्रयोग हुन्छ त्यति नै त्यसले जीवन्त अवस्था प्राप्त गर्छ । भाषाको प्रयोग शिक्षा, सञ्चार, साहित्य, प्रशासन, कानुन, उद्योग आदि विविध क्षेत्रमा हुन्छ । यसका लागि कोश र व्याकरण निर्माणसँगै पत्रिकाहरूको प्रकाशन हुनुपर्छ । भाषिक भेद भिन्न भए भाषा नै भिन्न हुन्छ अन्यथा सोही भाषाको क्षेत्रीय भेद हुन्छ तर नेपालका सन्दर्भमा पुर्बेली पनि भाषिका नै हो तर त्यसले मानकस्वरूप प्राप्त गरेको छ । जबकि नेपाली भाषाको उत्पत्ति कर्णाली र सुदूरपश्चिम प्रदेशमै भएको हो । भाषाको उत्पत्ति भएकै ठाउँमा बोलिने भाषाचाहिँ भाषिका तर सुदूरपूर्वमा बोलिने नेपालीचाहिँ भाषा भएको अवस्था छ । कर्णाली र सुदूर पश्चिम प्रदेशमा बोलिने नेपाली मानक नहुनाको प्रमुख कारण प्रयोगकै अभाव हो, नेपाली भाषाको प्रयोग गर्दाकै अवस्थामा यसको प्रयोगमा जोड दिएमा यस क्षेत्रको भाषालाई मानकीकरण गर्न सकिन्छ भन्ने सार यस लेखमा निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2023-09-01

How to Cite

कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction). (2023). KMC Journal, 5(2), 340-361. https://doi.org/10.3126/kmcj.v5i2.58250

Issue

Section

Articles

How to Cite

कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction). (2023). KMC Journal, 5(2), 340-361. https://doi.org/10.3126/kmcj.v5i2.58250