स्थानीय पाठ्यक्रममा दिगो विकास लक्ष्यको सान्दर्भिकता

Authors

  • बालाकृष्ण Balakrishna अधिकारी Adhikari नेपाली केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर
  • मनोज Manoj अधिकारी Adhikari कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ
  • देवराज Devraj उपाध्याय Upadhyaya कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ

Keywords:

स्थानीय पाठ्यक्रम, दिगो विकास लक्ष्य, कागेश्वरी मनोहरा नगरपालिका

Abstract

प्रस्तुत आलेखमा स्थानीय पाठ्यक्रममा दिगो विकास लक्ष्यको सान्दर्भिकताको विमर्श गरिएको छ । नेपालमाराष्ट्रिय पाठ्यक्रम प्रारूप, स्थानीय पाठ्यक्रम निर्देशिका र तदनुकूल स्थानीय पाठ्यक्रम निर्माण गर्ने तथा त्यसको प्रयोग गर्ने प्रक्रिया चलिरहेको छ । यस लेखमा दिगो विकास लक्ष्य ४ को आधारभूत अवधारणा अनुकूल निर्माण गरिएको स्थानीय पाठ्यक्रममा त्यसको सान्दर्भिकताको खोजी गर्ने मूल उद्देश्य बनाइएको छ । उक्त उद्देश्य परिपूर्ति गर्न दिगो विकास लक्ष्यलाई मूल अवधारणात्मक आधार एवं राष्ट्रिय पाठ्यक्रम प्रारूप रस्थानीय पाठ्यक्रम निर्देशिकालाई मुख्य सन्दर्भसामग्री बनाउँदै कागेश्वरी मनोहरा नगरपालिकाको पाठ्यक्रम ‘कागेश्वरी मनोहरा दर्पण’ लाई विश्लेष्य मुख्य आधार सामग्री बनाइएको छ । यस लेखमा दिगो विकासका तीनमुख्य स्तम्भ— सामाजिक रूपान्तरण, आर्थिक विकास र वातावरणीय संरक्षणसँग सम्बद्ध सूचकहरू र्निमाण गरीनिर्धारित पाठ्यक्रमको परिचय, तहगत सक्षमता तथा विषयवस्तु र यसको कक्षागत विस्तृतीकरण आदिमा दिगो विकास लक्ष्यको सान्दर्भिकताको गुणात्मक विश्लेषण गरिएको छ । सन्दर्भित विश्लेषणबाट स्थानीय पाठ्यक्रममा दिगो विकास लक्ष्यको सैद्धान्तिक सान्दर्भिकता पर्याप्त देखिए पनि बहुआयामिक कारणहरूले गर्दा यसको प्रायोगिक कार्यान्वयनमा प्रशस्त चुनौती रहेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
134
PDF
0

Author Biographies

बालाकृष्ण Balakrishna अधिकारी Adhikari, नेपाली केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर

उप–प्राध्यापक

मनोज Manoj अधिकारी Adhikari, कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ

उप–प्राध्यापक 

देवराज Devraj उपाध्याय Upadhyaya, कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ

उप–प्राध्यापक 

Downloads

Published

2024-12-31

How to Cite

अधिकारी Adhikari ब. B., अधिकारी Adhikari म. M., & उपाध्याय Upadhyaya द. D. (2024). स्थानीय पाठ्यक्रममा दिगो विकास लक्ष्यको सान्दर्भिकता. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 82-99. https://doi.org/10.3126/kmcnj.v5i5.73756

Issue

Section

Articles

How to Cite

अधिकारी Adhikari ब. B., अधिकारी Adhikari म. M., & उपाध्याय Upadhyaya द. D. (2024). स्थानीय पाठ्यक्रममा दिगो विकास लक्ष्यको सान्दर्भिकता. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 82-99. https://doi.org/10.3126/kmcnj.v5i5.73756