कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था

Authors

  • Dambaru Prasad Pokharel Shree Adarsha Secondary School, Bhadrabas, Kathmandu

Abstract

प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय विज्ञान शिक्षाको वर्तमान अवस्था पहिचान गर्नु र यसको सुधारका लागि सुझाव प्रस्तुत गर्नु रहेको छ । अध्ययनमा सामान्य सर्वेक्षण विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनका लागि स्थलगत अवलोकन, विद्यालय अभिलेख, पालिकाका शैक्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम, प्रकाशित तथा अप्रकाशित लेख रचना लगायतका प्राथमिक र द्वितीयक स्रोतहरू प्रयोग गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण तथा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनको नतिजाले पालिकाले विज्ञान शिक्षा प्रवद्र्धनका लागि प्रयोगशाला, कम्प्युटर, स्मार्ट बोर्ड, इन्टरनेट तथा स्टिम गतिविधिमा उल्लेखनीय लगानी गरेको देखाएको छ । विद्यालयहरूमा प्रयोगात्मक कक्षा, विज्ञान प्रदर्शनी, वाटर रकेट प्रतियोगिता, अनुसन्धान भ्रमण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिताले विद्यार्थीको वैज्ञानिक क्षमता विकासमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यद्यपि, विज्ञान शिक्षकको अभाव, प्रयोगशाला सामग्रीको कमी, सीमित बजेट तथा स्पष्ट विज्ञान नवप्रवर्तन नीतिको अभाव प्रमुख चुनौतीका रूपमा रहेको देखिन्छ । समग्रमा पालिकाको विज्ञान शिक्षा क्रमशः प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय बन्दै गएको तथा भविष्यमा दक्ष विद्यालय विज्ञान जनशक्ति उत्पादन गर्ने बलियो आधार निर्माण भइरहेको निष्कर्ष निकाल्न सकिन्छ । विज्ञान हाजिरी जवाफ, वाटर रकेट प्रतियोगिता, विज्ञान प्रदर्शनी, ग्रहण अवलोकन जस्ता क्रियाकलापले यस पालिकाका विद्यार्थीमा भएको विज्ञान प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-27

How to Cite

Pokharel, D. P. (2026). कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था . Kageshwori Manohara Journal, 1(1), 15-27. https://doi.org/10.3126/kmj.v1i1.97840

Issue

Section

Articles

How to Cite

Pokharel, D. P. (2026). कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था . Kageshwori Manohara Journal, 1(1), 15-27. https://doi.org/10.3126/kmj.v1i1.97840