सुलोचना महाकाव्यमा रसको प्रयोग

Authors

  • Hari Singh Khati कञ्चन विद्या मन्दिर सामुदायिक कलेज

DOI:

https://doi.org/10.3126/kvmrj.v6i1.85872

Keywords:

सुषमा, विपुललोचनी, अरण्यवालिका, तिमिरमर्दन, मुखाले

Abstract

सुलोचना महाकवि देवकोटाको २००२ सालमा लेखिएर २००३ सालमा प्रकाशित महाकाव्य हो । शाकुन्तल महाकाव्यको प्रामाणिकताका लागि विषयवस्तु निर्धारण गरी तोकिएको समय सीमाभित्र लेखिएको यो महाकाव्य विषयवस्तु र मौलिकताका दृष्टिले बेजोड छ । सामाजिक विषयवस्तुलाई यसले समेटेको छ । राणlकालीननेपाली समाजलाई यस महाकाव्यले पहिलोपटक महाकाव्यको विषयवस्तु बनाएको छ । सुलोचना नेपाली महाकाव्य परम्पराको आधुनिक कालको दोश्रो महाकाव्य हो । जम्मा १५ सर्गमा संरचित यस महाकाव्यमा २००७ साल पूर्वको राणकालीन समयको काठमाडौं उपत्यकाको सामाजिक जीवनको यथार्थतालाई प्रस्तुत गरिएको छ । यस महाकाव्यमा प्रथम सर्गमा मंगलाचरण रहेको छ भने दोस्रो सर्गदेखि कथानकको सुरूवात गरी पन्ध्र सर्गमा कथानकको अन्त्य गरिएको छ । यसमा राण् समाज र राण् समाजले अन्य समाजलाई हेर्ने द्ष्टिकोणको यथार्थतालाई कथानकको आधार बनाएर एउटा सुसम्पन्न परिवारमा जन्मिएकी नारीले आÏनो इच्छा अनुसार विवाह गर्न नसकेको र पारिवारिक दबावमा पिडैपीडामा आÏनो शरीर त्याग्न पुगेको विषयलाई कारुणिक रुपमा प्रस्तुत गरिएको छ । प्रस्तुत शोधमा पूर्वीय रस सिद्धान्तलाई आधार बनाएर यस महाकाव्यमा आएका अङ्ग रसहरूका आधारमा यस महाकाव्यमा प्रकट भएको अङ्गी रसको अध्ययन निम्न प्रकार गरिएको छ । सुलोचना महाकाव्यमा रति, भय, उत्साह, विस्मय आदि भावहरू देखिए तापनि शोकभावलाई परिपाक स्थितिमा पुर्याउनको लागि आएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF (नेपाली)
7

Published

2025-10-31

How to Cite

Khati , H. S. (2025). सुलोचना महाकाव्यमा रसको प्रयोग. KVM Research Journal, 6(1), 193–208. https://doi.org/10.3126/kvmrj.v6i1.85872

Issue

Section

Original Research Articles