वैदेशिक सहायता : अवसर, चुनौती र समाधानका दृष्टि
Abstract
विकासोन्मुख राष्ट्रहरूको विकासका लागि वैदेशिक सहयोग महत्वपूर्ण श्रोत हो । प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो जस्तो मुलुकहरूले पूाजीगत श्रोतको अभावले त्यसको समुचित विदोहन गर्न सकेका छैनन्, त्यसैले विकासोन्मुख राष्ट्रहरूको लागि गरिबी तथा पछ्यौटेपनबाट मुक्ति पाउनको लागि वैदेशिक सहयोगको उच्च उपयोगिता रहेको हुन्छ । यसको उच्चतम उपयोगद्वारा देशलाई आत्मनिर्भर बनाउन तथा उच्च आर्थिक बृद्धि दर हासिल गर्न हङकङ, ताइवान, दक्षिण अफ्रिकाले उदाहरणीय उपलब्धी हासिल गरी वैदेशिक सहयोग नचाहिने गरी अर्थतन्त्र बलियो बनाएका छन् । तर यसको विवेकपूर्णर् उपयोग गरिएन भने राष्ट्रोत्थान त हुादैन बरु वैदेशिक अनावश्यक हस्तक्षेप समेत हुने गर्दछ । यस अध्ययनले नेपालमा वैदेशिक सहयोगका उद्देश्य तथा समस्याहरूको विश्लेषण र समाधानका उपायहरूको खोज गर्ने अभिष्ट राखेको छ ।