‘वयोवृद्ध कोइलीको बिलौना’ कविताको शैलीवैज्ञानिक विश्लेषण

Authors

  • Dhanapati Koirala TRIBHUVAN UNIVERSITY

Keywords:

चयन, अग्रभूमीकरण, विचलन, समानान्तरता, वयोवृद्ध

Abstract

प्रायोगिक भाषाविज्ञानको शाखाका रूपमा विकसित शैलीविज्ञान साहित्यिककृतिको विश्लेषण गर्ने एक समालोचनात्मक पद्धति हो । यस पद्धतिका साहित्यिक संरचनाअन्तर्गत बनोट र बुनोट, शैलीअन्तर्गत चयन, अग्रभूमीकरण तथा भाषिक संरचनाअन्तर्गत ध्वनिव्यवस्था, वर्णव्यवस्था र अर्थव्यवस्था उल्लेख गरी यसनुसार कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित ‘वयोवृद्ध कोइलीको बिलौना’ कविताको विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यसमा गुणात्मक विधिअन्तर्गत पुस्तकालयीय कार्य गरिएको छ । बनोटअन्तर्गत अन्वितित्रयको परिपालनाद्वारा मानवीय जीवनको व्यञ्जना र क?ण रसभाव प्रस्तुत छ । बुनोटअन्तर्गत शिखरिणी छन्दका पाँच पद्यमा सीमित पाठमा चारवटा बिम्ब र कोइली प्रतीकका रूपमा, रूपक र उपमा अलङ्कार प्रस्तुत छन् । भाषिक संरचनाअन्तर्गत ध्वनिव्यवस्थामा खण्डीयअन्तर्गत अ, आ, इ, ई उ, ऊ स्वरवर्ण र व्यञ्जनअन्तर्गत ज्, य्, ल्, त्, ह्, म्, छ्, न्, ग्, ख्, र्, प्, च, ञ्, ट्, ठ्, क्, ध्, ब्, स्, व्, ढ्, द्, ङ्, थ्, ष्, घ्, श् वर्णहरू प्रयोग भएका छन् । शब्दव्यवस्थाअन्तर्गत १४३ शब्दहरूमध्ये कार्यका आधारमा नाम ३९, सर्वनाम १३, विशेषण ५३, क्रियापद २४, स्रोतका आधारमा ४३ तत्सम, ९९ तद्भव, १ आगन्तुक, संरचनाका आधारमा २७ व्युत्पन्न र बाँकी अव्युत्पन्न, २ नामयोगी, १ संयोजक, विस्मयादिबोधक पाँच, ६ व्रिmयाविशेषण, २७ रूपायित शब्दहरू, २२ नाम पदावली, ४ क्रियापदावली, २ क्रियाविशेषण पदावली, १ नामस्थानिक पदावली, ४ उपवाक्य र ३ वाक्यहरू प्रयोग भएका छन् । आर्थी व्यवस्थाअन्तर्गत ६ पर्यायवाची, ४ विपरीतार्थी, १६ अनेकार्थी तथा ४ समावेशी शब्दहरू, शैलीअन्तर्गत चयनअनुरूप उज्यालो, हिमचुली, गगन, ?ख, पवन, खग, मधुर, वय, जवानी, स्वर्ग, निशि, हृदय, गति, गौरव, आँखा, तन र उषापदहरू प्रस्तुत छन् । विचलनअन्तर्गत व्याकरणिक, वर्णविन्यास, वर्णात्मक, आर्थीविचलन र समानान्तरताअन्तर्गत वाक्यावृत्ति र अन्त्यानुप्रासको प्रयोग गरिएको छ । ‘मधुर वय कहाँ गयो’ प्रश्न उब्जाएर ‘त्यो मेरो वय सब गयो’ उत्तर दिइएको छ ।

Abstract
360
PDF
0

Downloads

Published

2023-07-25

How to Cite

‘वयोवृद्ध कोइलीको बिलौना’ कविताको शैलीवैज्ञानिक विश्लेषण. (2023). Madhyabindu Journal, 8(1), 70-87. https://doi.org/10.3126/madhyabindu.v8i1.56884

Issue

Section

Articles

How to Cite

‘वयोवृद्ध कोइलीको बिलौना’ कविताको शैलीवैज्ञानिक विश्लेषण. (2023). Madhyabindu Journal, 8(1), 70-87. https://doi.org/10.3126/madhyabindu.v8i1.56884