एउटा महानगरमा कथामा परिचयसङ्कट

Authors

Keywords:

अस्तित्वको सङ्कट, परिस्थिति, भूमिकाको विस्तार, भूमिकामा दुविधा

Abstract

प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिएको छ । नेपालमा २०५० को दशकदेखि नै आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक तथा रोजगारीका कारण अर्को देशमा जाने र त्यहाँको पृथक् परिवेशमा अन्तर्घुलन हुँदै पारदेशीय बन्ने प्रवृत्तिमा वृद्धि भएको छ । यसले गर्दा व्यक्तिमा आफ्नो समाज र संस्कृतिबाट विच्छेद भएर नयाँ मूल्ययुक्त जीवनपद्धति स्वीकार गर्नुपर्ने अवस्था आउँछ । ‘एउटा महानगरमा’ कथामा परिचयसङ्कट कुन पात्रमार्पmत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेकाले देशको भूगोल, संस्कृति, परम्परा र मूल्यमान्यताहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका जीवनचिन्तनमा देखिने भिन्नताको कारण र परिणति मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा परिचयसङ्कटको विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक इरिक्सन (सन् १९८२), उत्तरऔपनिवेशक चिन्तक सइद (सन् १९९३) र आप्रवासीको पहिचान र प्रतिनिधित्वका अध्येता हल (सन् १९९८) ले स्थापना गरेका परिचयसङ्कटका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको भूमिकाको विस्तार, भूमिकामा दुविधा र आत्मसन्देहको परिस्थिति सिर्जना गर्ने कारकहरूको पहिचान, सङ्कटको सामना र त्यसले उत्पन्न गर्ने सकारात्मक–नकारात्मक निर्णयको मूल्याङ्कन भएको छ । ‘एउटा महानगरमा’ कथामा जर्मनीमा वसोवास गर्ने नेपाली ‘म’पात्रमा भूगोल र सांस्कृतिक भिन्नताका कारण प्रेम एवम् विवाहबारे सही निर्णय गर्न नसकी आफ्नो परिचयप्रति नै शङ्का हुने अवस्था आएको तर जर्मनेली केटीमा चाहिँ प्रेममा पुँजीवादी मूल्यको उपयोगितावादी प्रवृत्तिका कारण आत्मसन्देहको अवस्था सिर्जना भई परिचयसङ्कटको अभिव्यक्ति कलात्मक रूपमा प्रकट भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ

Abstract
153
PDF
0

Downloads

Published

2025-02-17

How to Cite

एउटा महानगरमा कथामा परिचयसङ्कट. (2025). Madhyabindu Journal, 10(1), 159-170. https://doi.org/10.3126/madhyabindu.v10i1.75623

Issue

Section

Articles

How to Cite

एउटा महानगरमा कथामा परिचयसङ्कट. (2025). Madhyabindu Journal, 10(1), 159-170. https://doi.org/10.3126/madhyabindu.v10i1.75623