नेपालीमा गजल सिद्धान्तको प्रयोग

Authors

  • Dhanapati Koirala Tribhuvan University

DOI:

https://doi.org/10.3126/madhyabindu.v11i1.91888

Keywords:

गजल, सेर, काफिया, रदिफ, बहर ।

Abstract

गजल विशिष्ट संरचना र काव्यिक तत्त्वका कारण अन्य साहित्य विधाभन्दा फरक एक प्राचीन, लोकप्रिय एवम् गेयगुणयुक्त साहित्यिक विधा हो । गजलका आप्mनै संरचनागत पक्ष र काव्यतत्त्वमा आधारित रहेर वा आंशिक रूपमा मात्र आधारित रहेर नेपाली भाषामा गजलहरूको सृजना हुने गरिरहेको छ भन्ने समस्यामा यो अध्ययन केन्द्रित रहेको छ । नेपाली गजलमा गजलको स्वरूप, संरचना र काव्यतत्त्वको सङ्क्षेपमा अनुशीलन गरी गजलमा तिनको प्रयोगको अवस्था पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यसमा गुणात्मक अनुसन्धानअनुरूप पुस्तकालयीय कार्यद्वारा सामग्री चयन गरी गजलसंरचना, काव्यिकतत्त्व र उदाहरणहरूको वर्णन, व्याख्या र विश्लेषणका लागि वर्णनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । यसमा गजलको परिचय, संरचना र काव्य तत्त्वहरूको वर्णन गरी यसको पुष्टिका लागि उदाहरण दिइएको छ । यसमा गजलको रचना गर्नमा सेर, बहर, मतला, मकता, काफिया, रदिफ, तख्ल्लुस संरचकपक्ष र भाव, विषयवस्तु, कल्पना, बिम्बप्रतीक, सङ्गीत र भाषाको महत्त्वपूर्ण भूमिका रहने तथ्य स्पष्ट पारिएको छ । यी संरचकपक्ष र काव्यिकतत्त्वको राम्रो ज्ञान गरी प्रयोग गरिएमा विभिन्न विषयहरूमा स्तरीय गजल लेख्न, मानव जीवनका विविध पक्षहरूलाई समेट्न, थोरैमा धेरै भाव र विषय पस्कन, यसलाई गेयगुणयुक्त तुल्याउन तथा गजलको रसास्वादन र मूल्याङ्कन गर्नमा सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । गजल लेखनमा रुचि राख्ने व्यक्तिहरू, अनुसन्धाता विद्यार्थी तथा शिक्षकहरू गजलको गहिरो ज्ञान प्राप्त गर्न चाहने पाठकहरूका लागि यो लेख उपयोगी हुने देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
4
PDF
2

Author Biography

Dhanapati Koirala, Tribhuvan University

Member, Research Management Cell

Member, Nepali Department

MADHYABINDU MULTIPLE CAMPUS

Kawasoti-03, Nawalparasi

Downloads

Published

2026-03-23

How to Cite

Koirala, D. (2026). नेपालीमा गजल सिद्धान्तको प्रयोग. Madhyabindu Journal, 11(1), 76–97. https://doi.org/10.3126/madhyabindu.v11i1.91888

Issue

Section

Articles