‘बरफ’ कथामा विधामिश्रण

Authors

DOI:

https://doi.org/10.3126/medha.v8i1.85084

Keywords:

अन्तर्घुलन, अन्तःपाठ, अर्थकेन्द्रवाद, विधाभञ्जन, विनिर्माण

Abstract

बरफ’ कुमार नगरकोटीद्वारा लेखिएको कथा हो । उत्तरआधुनिक शैलीमा लेखिएको यस कथामा विभिन्न विधाको मिश्रण भएको छ । प्रस्तुत लेखमा उक्त कथामा कुनकुन विधाको मिश्रण कसरी गरिएको छ भन्ने कुरालाई मुख्य समस्या बनाएर त्यसको समाधान  गरिएको छ । यसका लागि पाश्चात्य चिन्तक ज्याक डेरिडाको विनिर्माण तथा विधामिश्रणसम्बन्धी सिद्धान्तलाई मुख्य सैद्धान्तिक पर्याधार बनाइएको छ । गुणात्मक विधिमा आधारित पाठविश्लेषण पद्धतिको उपयोग गरिएको यस लेखलाई तयार पार्नका लागि पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । यस क्रममा प्राथमिक सामग्रीका रूपमा नगरकोटीको ‘बरफ’ कथालाई सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा चयन गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा विधामिश्रणको सिद्धान्तसँग सम्बद्ध पुस्तक र समालोचनात्मक ग्रन्थ तथा फुटकर लेखको उपयोग गरिएको छ । अन्त्यमा प्रस्तुत कथामा कविता, नाटक र निबन्धविधाको मिश्रण रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
107
PDF (नेपाली)
23

Published

2025-10-14

How to Cite

Tamang, S. D. (2025). ‘बरफ’ कथामा विधामिश्रण. Medha: A Multidisciplinary Journal, 8(1), 25–38. https://doi.org/10.3126/medha.v8i1.85084

Issue

Section

Articles